बचतकर्ताको १४ अर्ब बढी हिनामिना गरेको आरोप लागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ – Nepal Press

बचतकर्ताको १४ अर्ब बढी हिनामिना गरेको आरोप लागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं। भक्तपुरको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।

भारतीय प्रहरीको सहयोगमा उनलाई मुम्बईबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले शर्मालाई सोमबार काठमाडौं ल्याइपुर्‍याएको छ।

उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर