अख्तियार टोली पशुपतिमा, सीसीटीभी जोडेर जलहरीको नाप ताैल गरिँदै (तस्बिरहरु) – Nepal Press

अख्तियार टोली पशुपतिमा, सीसीटीभी जोडेर जलहरीको नाप ताैल गरिँदै (तस्बिरहरु)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेली पशुपतिनाथको ज्योतिर्लिंगमा राखिएको जलहरीमा प्रयोग भएको सुनको नाप जाँच गर्न पशुपति परिसर पुगेको छ ।

निर्धारितभन्दा कम तौलको सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । नेपाली सेनाको २४ घण्टे पहरामा बनाइएको जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तितयारको अनुसन्धान टोली केहीबेरअघि पशुपतिनाथ पुगेको हो ।

आइतबार अपराह्न अख्तियारको टोली जलहरीमा प्रयोग भएको सुनको सत्यतथ्य जाँच्न जाने भएपछि मन्दिर क्षेत्र खाली गराइएको थियो ।

त्यस क्षेत्रमा नेपाली सेनालगायत सुरक्षाकर्मीहरुले दिउँसैदेखि सुरक्षा प्रदान गरिरहेका थिए ।

जलहरीमा जडित सुनको विषयमा विवाद उत्पन्न भएपछि अख्तियारले नाप जाँच गर्न लागेको हो । मन्दिर परिसरमा पुगेको अख्तियारको टोलीले सीसी क्यामेरा जडान गरेर नाप्ने भएको छ ।

तस्बिरहरू : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर