जसपा नेपालको विधान अधिवेशन आजबाट – Nepal Press

जसपा नेपालको विधान अधिवेशन आजबाट

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजबाट विधान अधिवेशन सुरू हुँदैछ ।

आज देखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरे पछि आजको विधान महाधिवेशनमा पेश हुन लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेशन आज देखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद् खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।

आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्य तालिका बनाइएको छ ।

पटक पटक सर्दै आएको सो विधान अधिवेशन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर