मोर्चा र गठबन्धनसँग भरोषा गर्न नहुने भन्दै झलनाथको प्रश्न- हाम्रो प्रधान शत्रु को ? – Nepal Press

मोर्चा र गठबन्धनसँग भरोषा गर्न नहुने भन्दै झलनाथको प्रश्न- हाम्रो प्रधान शत्रु को ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले देश राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राष्ट्रियताको संकटमा रहेको बताएका छन् ।

पार्टी निकट ‘सम्पर्क सन्देश’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले वामपन्थी एकतामा जोड दिए ।

खनालले भने, ‘हाम्रो प्रधान शुत्र नै किटान गर्न नसक्ने अवस्था बन्यो भने हामी कसका विरुद्ध लड्ने ? कोसँग एकताबद्ध हुने ? गाह्रो पर्छ कि पर्दैन ? वामपन्थी शक्तिहरुलाई एकताबद्ध गर्नु आज देशको आवश्यकता हो । समाजवादी मोर्चा गठन हुँदा पनि सत्ता सुरक्षित गर्ने खेल त हुँदैन ?’

पूँजीवादविरुद्ध समाजवादको विकल्प तयार गर्न वामपन्थी शक्तिहरु एकजुट भएर लाग्न आवश्यक भएको उनको भनाइ थियो ।

खनालले नेतृत्वको कारणले एमाले र माओवादीमा पनि असन्तुष्टि व्याप्त रहेको बताए । आवश्यकताअनुसार महाधिवेशनबाट सदृढ पार्टी बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

मोर्चा र गठबन्धनसँग भरोसा नगरी जनतालाई गोलबद्ध गरेर अघि बढ्न सकेमात्रै सफल हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर