सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ: सांसद महासेठ – Nepal Press

सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ: सांसद महासेठ

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउन नहुने बताए ।

सांसद महासेठले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नेतर्फ परिचालन गर्नुपर्नेमा जोड दिए ।

‘नेपाली सेनालाई आधुनिकीकरण गर्नुपर्छ । उहाँहरुलाई उहाँहरुसँग सम्बन्धित उद्योग, व्यापारबाहेक अरु उद्योग व्यापारमा लगाउनु हुँदैन । पच्चीसौं, पचासौं वर्ष पुराना हतियारहरुलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरुलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ’, उनले भने, ‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरें, उहाँहरुलाई थाहा हुँदैन । त्यसैले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन । पहिला पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो । त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस् ।’

उनले कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ: सांसद महासेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर