लोकभाकामा गुञ्जिए उदय र मनिला सोताङ, सबैको मन छुने ‘जालहरी ठूली’ (भिडिओ) – Nepal Press

लोकभाकामा गुञ्जिए उदय र मनिला सोताङ, सबैको मन छुने ‘जालहरी ठूली’ (भिडिओ)

काठमाडौं । आधुनिक गायनमा जमेका जोडी हुन् उदय सोताङ र मनिला सोताङ । उनीहरुले पहिलोपटक एउटा लोक भाकामा संयुक्त आवाज दिएका छन् र पहिलो प्रयासमै सफल पनि भएका छन् ।

खाम्बेक सा नाल्बोहाङ याकथुङ्गम ‘गोठालो जेठा’ ले कोरेका सुरुचीपूर्ण शब्दहरु र पुष्पराज बरालको कर्णप्रिय संगीतमा उदय र मनिलाको स्वर निकै खुलेको छ । गीतले सबै खाले दर्शक/स्रोताहरुको मन जित्न सक्छ ।

ओएसआर डिजिटलको युट्यूव च्यानलबाट गीत अपलोड गरिएको हो । ३ दिनअघि रिलिज गरिएको गीतलाई अहिलेसम्म सवा एक लाखपटक हेरिएको छ । धेरैले गीत उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

गीतको भिडिओमा बेदना राई, दिनेश कठायत लगायतले अभिनय गरेका छन् ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *