नेपाली टेली सिरियल ‘जुठे’ युट्युव ट्रेन्डिङको शीर्षस्थानमा – Nepal Press

नेपाली टेली सिरियल ‘जुठे’ युट्युव ट्रेन्डिङको शीर्षस्थानमा

काठमाडौं । जातीय छुवाछुत र महिलामाथी हुने हिंसामा आधारित नेपाली टेली सिरियल ‘जुठे’ युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । सिरियलको अंकलाई दर्शकले युट्युवमा एकदमै रुचाएपछि सोमबारदेखि ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो ।

जुन १ मा सार्वजनिक भएको ११४ औं अंकको भिडिओलाई ११ दिनको अवधिमा २८ लाख ८१ हजार भन्दा बढी पटक हेरिएको छ । जुठेले ग्रामीण नेपाली समाजको जातीय विभेदविरुद्ध समानता, सहिष्णुताको कथा प्रस्तुत गर्दै आएको छ । राजु मास्टरको रुपमा चर्चित राजु पौडेल र बल्छी ध्रुबेका रुपमा चर्चित मरिचमान श्रेष्ठले संयुक्त रुपमा सिरियल निर्देशन गर्दै आएका छन् ।

बल्छी ध्रुवे र राजु मास्टरसहित रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, श्रीप्रसाद थापा, राजु कार्की, उज्जवल खड्का, युनिशा ढुंगाना, स्वनिका बास्तोला, रुकमिला अधिकारी अनामिका लामिछाने लगायतको शीर्ष भूमिका सिरियलमा छ । ‘जुठे’ मास्टर टिभी युट्युव च्यानल र हिमालय टेलिभिजनमा बिहीबार राति ९ बजे प्रसारण हुँदै आएको छ । यस पटक मात्रै नभएर यस अघि पनि जुठे सिरियलका धेरै अंक युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगिसकेका निर्देशक तथा अभिनेता राजु पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

युट्युवमा हेर्ने मात्रै नभएर दर्शकको सकारात्मक प्रतिक्रिया एकदमै धेरै पाएको जुठे सिरियल टिम एकदमै खुसी भएको उनको भनाई छ । यसले जुठे टिमलाई अझ प्रभावकारी र राम्रो कसरी बनाउने भन्ने चुनौती र अवसर थपिएको निर्देशक पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *