राप्ती सोनारी-६ का वडाध्यक्ष खरेलले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा – Nepal Press

राप्ती सोनारी-६ का वडाध्यक्ष खरेलले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षा ग्रेटर नेपालको नक्सा राखेको केही दिनपछि बाँके राप्ती सोनारी गाउँ पालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु राखेर नक्सा बनाउँदा नेपालमा कोही कसैले बोल्ने आँट नगरेकाले जनस्तरबाट सन्देश दिन आफूले यसो गरेको खरेलले नेपाल प्रेसलाई बताए ।

‘प्रधानमन्त्रीले नि उही भारत गएर पनि नेपालविरुद्धको यो आवाज उठाउनुभएको, राष्ट्रियताप्रतिको भावनात्मक विचार आएर मैले यस्तो नक्सा राख्ने निर्णय गरेर कार्यान्वयन गरेको हुँ, भारतको हेपाहा प्रवित्तिविरुद्ध एकजुट हुनुपर्छ, काठमाडाैंका मेयर बालेनले हिम्मत गर्नुभएको सिको गरेको हुँ, वडा कार्यालयको बैठकले निर्णय गरेर राखेका हौँ’, उनले भने ।

‘यो हाम्रो पुरानो सांस्कृतिक नक्सा हो, हाम्रो इतिहास बोकेको नक्सा हो, यस्तो गौरवपूर्ण इतिहास नयाँ पिँढीलाई जानकारी दिन पनि आवश्यक हुन्छ भनेर मेरो सोच आयो, सरकारले नगरे अब सबै नेपालीले यो नक्सा राख्नुपर्दछ भन्ने मेरो आग्रह हो, मैले पालिका अध्यक्षलाई पनि यसरी नक्सा राखेको विषय जानकारी गराएको छु’, खरेलले भने ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलले वडाध्यक्षले आफ्नो कार्यकक्षमा त्यो नक्सा राखेको र पालिकामा नराखिएको बताए ।

‘पालिकामा राखिएको होइन, वडा नं ६ को वडाध्यक्षले राख्नुभएको हो, सबै पालिकामा राख्ने नीति आए हामीले पनि राख्छौँ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर