१० प्रतिशत सैनिक कोटा रिक्त भएपछि जापानमा ट्याटु प्रतिबन्ध फुकुवा गर्ने बहस सुरु – Nepal Press

१० प्रतिशत सैनिक कोटा रिक्त भएपछि जापानमा ट्याटु प्रतिबन्ध फुकुवा गर्ने बहस सुरु

काठमाडौं । जापानी सेना प्रवेशमा अवैध बनाइएको ट्याटु वैध बनाउने छलफल सुरु भएको छ । बीबीसीका अनुसार जापानी सेल्फ डिफेन्स फोर्सको आवश्यक कोटामा १० प्रतिशत कम भएपछि ट्याटु नियम खुकुलो बनाउने बहस सुरु भएको छ ।

परम्परागत रूपमा जापानमा ट्याटुलाई जापानको कुख्यात याकुजा ग्याङसग जोडीने गरिएको बीबीसीले उल्लेख गरेको छ । तर, नयाँ पुस्ताका जापानीहरुले याकुजाको पहिचानको लागि मात्रै ट्याटु नलाउने पाएको जापानी अधिकारीहरुले बताएका छन् ।

ट्याटु भएकै कारण सेनामा प्रवेश निषेध हुँदा कोटा पूरा नभएको तर्क सार्वजनिक भएका छन् । जापानी सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टीका साम्सद मासाहिसा सातोले सार्वजनिक रूपमा यस्तो बताएका छन् ।

उनले भनेका छन्, ‘ट्याटु भएकै कारण अस्विकार गर्दा मनविय जनशक्तिको आधार पुर्तीमा समस्या भएको छ ।’ यस्तै जापानी रक्षा मन्त्रालयका प्रमुख अधिकारी काजुहितो माचिदाले पनि जापानको जन्मदर घट्दो भएकोले ट्याटु प्रतिबन्ध हटाउनु आवश्यक भएको बताएका छन् ।

विश्वको जन्मदर घट्ने देशमा जापान पनि एक हो । सन १९७० को दशकमा वर्षमा १० लाख हाराहारी जन्म हुनेमा गत साल सन २०२२ ना आठ लाख मात्रै भएको थियो। साढे १२ करोड जनसंख्या भएको जापानलाई जन्मदर बढाउन सकस भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *