सिर्सिया बचाउन दूषित पानी बोकेर आएकालाई उपप्रधानमन्त्री श्रेष्ठको लिखित आश्वासन – Nepal Press

सिर्सिया बचाउन दूषित पानी बोकेर आएकालाई उपप्रधानमन्त्री श्रेष्ठको लिखित आश्वासन

काठमाडौं । सिर्सिया नदीको प्रदूषण रोक्न दबाब दिँदै वीरगञ्जबाट पदयात्रामा आएका अभियान्ता र स्थानीयलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानको आव्हानमा माइतीघरमा धर्ना बसेकाहरूलाई श्रेष्ठले भेटेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । उनीहरूले ४ बुँदे मागसहितको ज्ञापनपत्रसमेत सरकारलाई बुझाएका छन् ।

स्थानीयले पर्साबाट सिर्सियाको दूषित पानी बोतलमा ल्याएर प्रदर्शन गरेका थिए । अभियानका संयोजक सुनिलकुमार यादवले उद्योग-कलकारखानाबाट निस्किएको फोहोर सीधै मिसाइएको र त्यसले प्रदूषण बढाएको भन्दै उद्योगका मालिकलाई कारबाही गर्न मन्त्री श्रेष्ठसँग माग गरे ।

सो क्रममा मन्त्री श्रेष्ठले प्रदूषणमुक्तको सरकारी लक्ष्यमा घचघच्याएर सरकारले बल पुर्‍याएको बताएका छन् ।

‘मन्त्रालयमा पनि आउनुस् । अरु मन्त्रालय पनि जोडिएकाले बसेर छलफल गरौं तपाईँहरूको एजेण्डा हाम्रो आफ्नै एजेण्डा हो । तपाईँहरूले घचघच्याएर सरकारलाई बल पुगेको छ । समस्या समाधान हुन्छ’, श्रेष्ठले भने ।

श्रेष्ठले मागप्रति ध्यानाकर्षण भएको भन्दै समाधानका लागि सरकारले पहलकदमी लिने लिखित आश्वासन दिएका छन् ।

यस्तो छ स्थानीयको माग

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर