कोशीमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन – Nepal Press

कोशीमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलन गर्दै आएकाहरूसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो ।

समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् ।

फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरूको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर