सत्ताधारी सांसदकै टिप्पणी- नीति तथा कार्यक्रम अन्तरविरोध र कन्फ्युजनहरूको संगालो (भिडिओ) – Nepal Press

सत्ताधारी सांसदकै टिप्पणी- नीति तथा कार्यक्रम अन्तरविरोध र कन्फ्युजनहरूको संगालो (भिडिओ)

काठमाडौं । जसपा नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरूको संगालोको संज्ञा दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले समस्याहरूको पहिचान गरी समाधानका उपायहरूसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताए ।

विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढ्ने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने उनको जिकिर छ । सांसद यादवले ठूला दलहरू अब पनि नसच्चिए समाप्त भएर जाने चेतावनी दिए ।

उनले भने, ‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ- यो अन्तरविरोधहरूको, कन्फ्युजनहरूको संगालो हो । हामी स्पष्ट हुनुपर्छ अब । पोलिसीमा डिपाचर नगर्ने, भइरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउँछु भनेर गफ दिएर हुन्छ । हामी ठूल्ठूला कुरा गर्छौं । तर, अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको रिसोर्स नभई हामी अगाडि बढन सक्दैनौं । ग्लोबल अर्थ व्यवस्थामा देखिएको बदलाव अनुसार अघि बढ्ने चतुर्‍याइँ सरकारमा भएन भने हामी कहीँ पुग्दैनौं । ठूला दलहरू नसच्चिए सकिन्छन ।’

सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा काँग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर