बहालवाला सचिवको स्टाटस- देशको विकास गर्ने हो भने सचिवहरूलाई ‘घण्टे करार’ मा राखौं


काठमाडौं । एक बहालवाला सचिवले नेपाल सरकारका सचिवहरूलाई करारमा राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले देशको विकास गर्ने हो भने सचिवहरूलाई ‘घण्टे करा’ मा राख्न प्रस्ताव गरेका हुन् । सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको हो ।
मङ्गलवार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले सचिवको विद्वतापन देखेर वाक्क लागेको उल्लेख गरेका छन् ।
कर्मचारीतन्त्र भ्रष्टाचारमा लिप्त भएको, जनतामुखी नभई नेताको स्वार्थमा काम गर्ने गरेको टिप्पणी तथा घटनाक्रमबाट देखिँरहँदा सचिव बुर्लाकोटीले उक्त धारणा सार्वजनिक रूपमा राखेका हुन् ।
उनले केही दिनअघि पनि निजामती सेवाको उच्च पदाधिकारीलाई ‘काम घुमाउने अन्तर्राष्ट्रिय सेवा पदक’ बाट विभूषित गर्नुपर्ने भन्दै असन्तुष्टि पोखेका थिए ।
सचिव मात्र होइन सहसचिव भन्दा माथि सबै पद करारमा राख्ने हो भने भ्रष्टाचार कम हुन्छ ।
पिएन देखी हाकिम सवै करारमा राख्नुपर्छ । बरु तलव बढिदिने । काम नगर्ने र घुस खानेलाइ चारपाटा माेडेर शहर घुमाउने व्यवस्था गर्नुपर्छ ।
घण्टा प्रणालीबाट सचिव राख्दा कसरी बेथिति रोकिन्छ र? राजनीतिक व्यक्तिसँग मिलेर अझै भ्रष्टाचार बढ्दैन र ? सचिव ज्यूबाट विस्तृतमा लेख आइदिए कुरा बुझ्न सजिलो हुने थियो ।
परिवर्तन अपरिहार्य छ । अहिलेको व्यवस्थाले कामगर्न चाहनेले पनि गर्न सक्दैनन् ।