कवि देव व्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ बजारमा – Nepal Press

कवि देव व्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ बजारमा

काठमाडौं । कवि देव व्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शनिवार एक कार्यक्रमका बीच सार्वजनिक भएको छ।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरे।

कार्यक्रममा बोल्दै कवि मुकारुङले देव व्रतको कवितामा लयविधान भएको बताए। उनले भने, ‘पछिल्लो पुस्तामा नयाँ शैलीमा लेख्ने कविहरू छन्। त्यसमध्ये देव व्रत एक हुन् । यो संग्रहमा कतिपय कविता पढ्दा ईर्ष्या पनि लाग्यो ।’

निबन्धकार सापकोटाले देव व्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको बताए। ‘देव व्रतका कविता टाढाबाट देखिने गुलमोहर जस्तो छ,’ सापकोटाले भने।

लेखक वन्दनाले देव व्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समयको पोट्रेट गरेको बताइन्। वन्दनाले भनिन्, ‘उनका कविताले मृत्यु बोलेका छन् ।आत्महत्या बोलेका छन्। चरम उपभोक्तावादी समय पनि बोलेको छ। कर्णालीमा भएको अभाव बोलेको छ ।’

यस संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो। पुस्तकको मूल्य रू २ सय ९९ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर