नीताको जन्मदिनमा रमेशको सरप्राइज ‘शुभकामना’ – Nepal Press

नीताको जन्मदिनमा रमेशको सरप्राइज ‘शुभकामना’

काठमाडौं । ‘शंका गर्या होइन मैले रिस गर्या होइन’ बोलको गीतकी गीतकार जश्मिन श्रेष्ठले ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरेकी छिन् । आफ्नी दिदी पूजा गुरुङलाई जन्मदिनको उपहार दिदै जश्मिनले यो गीत तयार पारेकी हुन् । बहिनीको तर्फबाट गीत नै उपहार पाएपछि दिदी पूजा गुरुङले खुशी व्यक्त गरिन् ।

बिहिबार बेलुकी ललितपुरमा आयोजित कार्यक्रममा अर्जुन पोखरेलको संगीत, प्रताप दासको स्वरमा समावेश गीत सार्वजनिक गरिएको हो ।

यो गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माले अभिनय गरेका छन् । भिडियोमा निर्देशक माइकल चन्दले नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् । तर, उनले भिडियोमा दिएको सरप्राइजलाई उपस्थित संचारकर्मी र अन्य मानिसहरुले रुचाएका थिए ।

नवराज उप्रेतिको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । यो गीतले जन्मदिनको अवसरमा कसैलाई शुभकामना दिदा देखिएको गीतको अभावलाई पूर्ती गर्ने विश्वास गीतकार जश्मिनको छ ।

नायिका नीता ढुंगानाले सधै भरी गुञ्जने गीतमा मोडलिङ गर्न पाउँदा खुशी लागेको बताइन् । यस्तै, संगीतकार अर्जुन पोखरेलले कुनै विदेशी गीतलाई विस्थापित गर्न भन्दा पनि आफ्नै भाषाको जन्मदिनको गीत स्थापित गर्न तयार पारेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर