शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको साख गिर्‍यो : उपेन्द्र यादव – Nepal Press

शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको साख गिर्‍यो : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख कमजोर भएको बताएका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा रहेकै जिम्मेवार व्यक्ति नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

अध्यक्ष यादवले भने, ‘देशकै साख र छवि धुमिल भएको नक्कली भुटानी ‌शरणार्थी प्रकरणको निष्पक्ष हुनुपर्छ । यसमा संलग्न कुनैपनि व्यक्तिलाई छाड्नु हुँदैन ।’

उनले संघीय सरकारमा दुई/तीन दिनभित्रै मन्त्री पठाउने र मधेश प्रदेश सरकार पनि विस्तारका लागि होमवर्क सुरू गरिसकेको बताए । यादवका अनुसार संघ र प्रदेशको समेत मन्त्रालय टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीले पाएका छन् ।

उनले अलपत्र परेको संघीय निजामती ऐन र प्रहरी समायोजन विधेयक सबैभन्दा जरुरी भएको पनि बताए ।

यादवले भने, ‘निजामती कर्मचारी ऐनका कारण कर्मचारी व्यवस्थापनमा समस्या छ । प्रहरी समायोजन नहुँदा प्रदेशहरूमा सरकारको अनुभूति नै भएन । खाली मन्त्री, गार्ड र झण्डा हल्लाएर सरकार हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर