चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक – Nepal Press

चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र जेठ ५ गते रिलिज हुने यसको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा सुशील पोखरेल, स्व. जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिकामा छन् ।

‘ए साथी सुन’ लभस्टोरी, थ्रिलर र कमेडी जानराको चलचित्र भएको निर्देशक रामराघव आचार्यले जानकारी दिए ।

वीना कार्की र सन्तोषकुमार राईले चलचित्र निर्माण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर