लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, साेमबार विश्वासको मत लिने – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, साेमबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेसँगै शुक्रबार दाङ देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले लगत्तै मन्त्रिपरिषदको पहिलो बैठकबाट सोमबार विश्वासको मत लिने निर्णय गराएका छन् ।

मन्त्रिपरिषदको बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्‍याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर