रक्सीको लत छुटाउन शरीरमा राखियो विद्युतिय चिप – Nepal Press

रक्सीको लत छुटाउन शरीरमा राखियो विद्युतिय चिप

काठमाडौं । चीनमा रक्सीको लत छुटाउनका निमित्त एक व्यक्तिमा विद्युतिय चिप राखिएको छ । ३६ वर्षिय लियु नामक ति व्यक्तिको शरिरमा शल्यकृया मार्फत चिप जडान गरिएको रिपोर्टमा उल्लेख छ ।

यस किसिमको चिप जडान गर्ने लियु पहिलो व्यक्ति हुन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नार्कोटिक्स कन्ट्रोल ब्यूरोका उपाध्यक्ष डाक्टर हाओ वेईको टिमले क्लिनिकल परिक्षणको रुपमा यो शल्यकृया गरेका हुन भने शल्यकृया मात्र पाँच मिनेटमा पुरा भएको थियो ।

चिप राखिए पछि लियुलाई रक्सीको तलतलनै नलाग्ने जनाईएको छ । प्रत्यारोपण पछि, चिपले नाल्ट्रेक्सोन नामक रसायन निकाल्ने र शरीरले यो रसायनलाई मस्तिष्कमा उपस्थित लक्षित रिसेप्टरहरूसम्म पठाउने गर्दछ र रक्सीको तलतल लाग्न दिदैँन । चिप प्रत्यारोपण गरिएका व्यक्ति १५ वर्षको उमेर देखिनै रक्सीको सेवन गर्दै आएको जनाईएको छ । लियुले बिहानको खाजा अगाडिनै १ लिटर रक्सी पिउने गरेको बताईएको छ । चिपको प्रत्यारोपण पस्चात उनले रक्सी पिउने लतबाट छुटकारा पाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर