जिया खान आत्महत्या प्रकरणमा सुरज पन्चोलीले पाए सफाइ – Nepal Press

जिया खान आत्महत्या प्रकरणमा सुरज पन्चोलीले पाए सफाइ

काठमाडौं । बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा अभिनेता तथा जियाका पूर्वप्रेमी सुरज पन्चोलीले सफाइ पाएका छन् । जियाले जुन ३ २०१३ मा मुम्बई स्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेकी थिइन् ।

सो घटनामा जियाकी आमाले सुरुज विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेकी थिइन् । घटनाको १० वर्ष पछि सुरजले सफाइ पाएका हुन् । जियाको सुसाइड नोटमा प्रेमी सुरजसँगको बिग्रदो सम्बन्धको कारण आफू तनावमा रहेको जनाइएको थियो ।

सोही सुसाइड नोटको आधारमा उनी विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिए तापनि प्रमाणको अभाव रहेको भन्दै अदालतले सुरजलाई सफाइ दिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर