बालाजुको कोत: धुकु पेट्रोल पम्प सिल (तस्बिरहरु) – Nepal Press

बालाजुको कोत: धुकु पेट्रोल पम्प सिल (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले आज बालाजुमा रहेको कोत: धुकु पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्ड विपरित घरकाे सटरमा पेट्रोल पम्प सञ्चालन गरेकाे भन्दै महानगरले  पेट्रोल पम्पमा सिल गरेकाे  नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उक्त पेट्रोल पम्प घरकाे  सडकपेटीमा सञ्चालन भइरहेकाे थियाे । जसकाे कारण पेट्रोल  भर्नेहरुकाे लाइनले सडक जाम हुने गरेकाे  थियाे ।

अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले आरोप लगाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर