प्रधानमन्त्री प्रचण्डले भने- परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालिसके – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भने- परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालिसके

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले सबैको दायित्व भएको बताएका छन् ।

नेपाल रिपब्लिक मिडिया १५औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको उल्लेख गर्दै अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिबद्ध बनाउन सञ्चार क्षेत्रको सधैं रचनात्मक आलोचना आवश्यक रहेको बताए ।

उनले सञ्चारमाध्यम आम नागरिक र सरकारका समेत आँखा र कान भएको बताउँदै यसले गरिरहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्ने बताए । राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्डले भने- परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालिसके

  1. कसले ल्याएको परिवर्तन हो यो ??? “रअ” सीआइए र युरोपियन युनियन ले होइन र ???लोकतन्त्र /प्र जा तन्त्र वा गनतन्त्र , लुटतन्त्र भजाएर अकुत सम्पति देस दोहन गर्न पाए पुग्छ i नेपाली जनता ले ३० बर्स मा कति कलकारखाना पाए ????? हे राम कस्तो झोले जनता ??? चाहिदैन तेरो लोकतन्त्र /प्र जा तन्त्र वा गनतन्त्र , लुटतन्त्र ……….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर