सन् २०५० को डोल्पा: एउटा घुमन्तेको मनोवाद – Nepal Press

सन् २०५० को डोल्पा: एउटा घुमन्तेको मनोवाद

सुर्खेतको वीरेन्द्रनगरबाट कर्णाली राजमार्ग (अहिले त हाइस्पीड हाइवे बनिसकेको रहेछ ) हुँदै दुनै पुग्न ५ घण्टा पनि लागेन होला सायद । केबलनाम्डु स्टेसनमा पुगेर अचम्मित हुँदै त्यो बेलाको सडकको दुरवस्था र यहाँ आइपुग्न लागेका दिनहरु औंलामा गन्दै थिएँ, मसिनो बोली भएकी एक युवती हेलो सर, हजुरको नाम्डुपास दिनुहोस् न भन्दै मेरो अगाडि आइपुगिन् । म फेरि पुराना दिनहरुमा पुगें जतिखेर सायदै डोल्पाली युवतीले खेतीपाती र चुलोचौको बाहिर आधुनिक खालका पेशा र व्यवसायमा हात हालेका थिए । यहाँ त पहिलो जम्काभेट नै स्मार्ट र प्रोफेसनल युवतीसँग हुँदै थियो । कलात्मक दुबोको ठूलो पटांगिनीमा धेरै विदेशी र थोरै नेपाली अनुहार, त्यसमा पनि डोल्पाली नै हुन जस्ता त अझ थोरै ।

‘पर्दैन पर्दैन, उहाँ मसँग आउनुभएको हो । उहाँ युनिट नम्बर त्क्ष्ल् २०१ मा ओर्लनुहुन्छ’, मलाई लिन आएका लियाजो (अन्दाजी ६५ वर्ष उमेर) ले उत्तर दिए । ‘ए, युनिट TIN २०१ मा ! वेलकम टु आवर डोल्पो टेरिटोरी सर’, केबुल नाम्डुको एटेन्डरले मीठो मुस्कानसहित स्वागत गरिन् । मैले केबल नाम्डुको आरामदायी सीटमा बस्दै थैंक्यु भनें ।

सामान्य भलाकुसारीपछि, मैले लियाजोसँग जिज्ञासा राखें, ‘तपाईंहरुको केबलनाम्डु घरघरमै पुग्छ भन्ने हल्ला काठमाडौमा केही वर्ष अगाडि सुनेको थिएँ । मलाई अचम्म लागेको थियो । यसको सञ्चालन प्रविधि कस्तो हुन्छ ?’

‘सर, तपाईं केबलनाम्डुुमै बसिसक्नुभएको छ भने अब त आफैंले देखेर पनि थाहा पाउन सक्नुहुन्छ कि यसको सञ्चालन प्रविधि निकै सरल छ भन्ने कुरा । यो कुरा कुनै रकेट साइन्स होइन । खासमा त यो काठमाडौं टेरिटोरी (डोल्पोहरुले संघीय सरकारलाई काठमाडौं टेरिटोरी भन्दा रहेछन्) तिरकै प्रविधिलाई संश्लेषण गरेर तयार गरेको हो । केबलकार त पुरानै प्रविधि भैहाल्यो । त्यसैमा ड्रोन र चिप्स आईडीको प्रविधि थपेर हामी व्यक्तिका घरघरसम्म मानिस र अन्य सामानहरु पुर्‍याउने तथा ल्याउने गर्छौं । तपाईंको बोर्डिङपासमा भएको TIN २०१ भएको संकेत नै तपाईंको लागि गन्तव्य ठेगाना हो भने केबलनाम्डुको लागि चिप्स आईडी हो । चिप्स आईडीकै संकेतलाई केबुलकारको संयन्त्रले पहिचान गर्छ र सम्बन्धित ठाउँमा यो केबलनाम्डु पुग्दछ । आईडीको अगाडि अल्फाबेटिकल कोडले गाउँलाई बुझाउँछ भने पछिल्लो अंक घरको पहिचान गर्ने संकेत हो । जस्तो कि तपाईंको र्बोडिङ पासमा भएको TIN ले तिन्जे भन्ने गाउँलाई बताउँछ भने २०१ ले त्यहाँको घर नम्बरलाई बताउँछ ।’

काठमाडौंले हाम्रा कुरा कहिल्यै सुनेन । तर, हाम्रो भोट भने लगि नै राख्यो । हाम्रो भोट उनीहरुलाई सत्ता, शक्ति र स्रोत हत्याउने साधन रहेछ भन्ने बुझ्न हामीलाई धेरै समय लाग्यो । तर, अन्त्यमा हामीले त्यो कुरा बुझ्यौं । त्यसपछि हामी पूरै डोल्पोवासीले भोट बहिस्कार गर्‍यौं, नागरिकता बहिस्कार गर्‍यौं, प्रशासन, विद्यालय, विद्युत, सबै बहिस्कार गर्‍यौं ।

‘हामी बसेको डिब्बा नै उड्ने हो कि स्टेसनबाट अर्को नाम्डुमा चढ्नुपर्ने हो’, डोल्पालीहरुले उड्ने कुरालाई नाम्डु भन्दा रहेछन् भन्ने लागेर मैले सोधें । मेरो आकस्मिक प्रश्नले लियाजो अलि सोचमग्न देखिए ।

‘हो, हामीले ४० को दशकमा तपाईंले भने जस्तै यो केबलकारबाट ओर्लिएर अर्को ड्रोनमा चढ्ने प्रविधि सुरु गरेका थियौं । तर, त्यो प्रविधिले यात्रुलाई निकै हैरानी दियो । कतिले त ४५ मिनेटसम्म पर्खनुपरेको थियो त्यो बेला । नागरिकको समय नै हाम्रो वास्तविक धन हो भन्ने कुराको महसुस गर्दै स्वचालित प्रणालीमा अपग्रेड गर्न पहल गर्‍यौं । त्यसैको प्रतिफल हो केबलनाम्डु । अहिले त केबलनाम्डु जानुपर्ने गन्तव्यको नजिकको स्टेसनमा पुग्नासाथ यो डिब्बाको बाहिरीपट्टिको ढोका आफैं खुल्छ र भित्रको ड्रोनकार यस डिब्बाबाट निस्कन्छ आफ्नो गन्तव्यतर्फ लाग्छ । केबलकारको पनि काम गर्ने र उड्न पनि सक्ने भएकोले नै केबलनाम्डु नाम राखिएको हो । हाम्रो भाषामा नाम्डु भनेको हवाईजहाज हो ।

मलाई डोल्पोले कायापलट गरेको छ भन्ने सुनेरै अत्यन्त आनन्दानुभूति भैराखेको थियो । आज आँखैले डोल्पोका समृद्धिलाई देख्न र छाम्न पाउने भएँ भनेर कता कता पुलकित हुँदै थिएँ । त्यत्तिकैमा लियाजोले कुममा समातेर घच्घच्याउँदै सोधे, ‘सर कता हराउनुभएको ? के सोचमा पर्नुभयो ?’

‘केही हैन सर, २०-३० वर्षअगाडि आउँदाको डोल्पालाई सम्झेर नोस्टाल्जिक भएछु । साँच्ची त्यति खेर डोल्पाको मातृशिशु मृत्युदर नेपालकै सबैभन्दा बढी थियो । अहिले आएर पछिल्ला ५ वर्षदेखि मातृशिशु मृत्युदर डोल्पामा शून्य भयो भन्ने रिर्पोट पढेको थिएँ, त्यो कसरी सम्भव भयो नि ?’

हो, यहींनेर आएर जोडिन्छ डोल्पाको पीडा र उन्नतिका कथाहरु । डोल्पोलीहरुले किन मान्छे भएर पनि मानिसको जिन्दगी जिउन पाएका छैनन् भन्ने कुराको प्रश्न यहीनेरबाट हामीले उठाउन सुरु गरेका थियौं । हामीले काठमाडौंलाई सयौं पटक बिन्ती गर्‍यौं कि हाम्रो माथिल्लो डोल्पासम्म एउटा राम्रो बाटो बनाइदिनुहोस् र एउटा राम्रो अस्पताल पनि डोल्पामा बनाइदिनुहोस् ता कि हामीले तलबाट सस्तैमा सामान ल्याउन सकौं र थोरै भए पनि डोल्पो मिमांग (डोल्पाली जनता)लाई राहत होस् ता कि हामीले हाम्रा आमाहरु र नवजात शिशुहरुको जीवन बचाउन सकौं, ताकि नेपालगञ्जमा रु ६० मा पाइने चामल हामीले पनि त्यसमा ५/१० थपेर किन्न सकौं । त्यतिखेर नेपालगञ्जमा ६० पर्ने चामल डोल्पोमा रु ३०० सम्म पर्थ्यो । काठमाडौंले हाम्रा कुरा कहिल्यै सुनेन ।

सन् २०२९ मा असहयोग आन्दोलन सुरु गरेर २०३० मा छुट्टिएका हामी आज २०५० मा आइपुग्दा आधुनिक डोल्पा बनाउन लगभग सफल भएका छौं । अझ अब भारत र काठमाडौं टेरिटोरीसँग हाम्रा ठूला ड्रोनहरुको प्रत्यक्ष उडान गर्न पाउने सन्धि गर्न सफल भयौं भने वायुमार्गमा पनि डोल्पाले सुनौलो फड्को मार्नेछ ।

तर, हाम्रो भोट भने लगि नै राख्यो । हाम्रो भोट उनीहरुलाई सत्ता, शक्ति र स्रोत हत्याउने साधन रहेछ भन्ने बुझ्न हामीलाई धेरै समय लाग्यो । तर, अन्त्यमा हामीले त्यो कुरा बुझ्यौं । त्यसपछि हामी पूरै डोल्पोवासीले भोट बहिस्कार गर्‍यौं, नागरिकता बहिस्कार गर्‍यौं, प्रशासन, विद्यालय, विद्युत, सबै बहिस्कार गर्‍यौं । पुरा एक वर्ष हाम्रो असहयोग (तर शान्तिपूर्ण) आन्दोलन भयो र अन्तमा हामीले आफूले माग गरेअनुसार नै आत्मनिर्णयसहितको, आफ्नै मुद्रा र आफ्नै अन्तर्राष्ट्रिय सम्बन्ध हुने गरी डोल्पा टेरिटोरी पायौं । त्यसो त हामीलाई नेपालबाट बाहिरिनु थिएन, त्यसैले हामीले छुट्टै टेरिटोरीमात्रै माग गर्‍यौं, देश, सीमा सुरक्षा र आर्मी एउटै हुने गरी ।

त्यसपछि हामीले आजका दिनसम्म डोल्पाको यातायात, शिक्षा, स्वास्थ्यमा काम गर्‍यौं । अझ चुरो कुरा के छ भने रोजगारी र आयआर्जन राम्रो नहुँदासम्म अरु प्रणालीहरुले राम्रोसँग कामै गर्न नसक्ने भएकाले रोजगारी र उद्योग कलकारखानामा पनि उत्तिकै ध्यान पुर्‍यायौं । त्यसैले सन् २०२९ मा असहयोग आन्दोलन सुरु गरेर २०३० मा छुट्टिएका हामी आज २०५० मा आइपुग्दा आधुनिक डोल्पा बनाउन लगभग सफल भएका छौं । अझ अब भारत र काठमाडौं टेरिटोरीसँग हाम्रा ठूला ड्रोनहरुको प्रत्यक्ष उडान गर्न पाउने सन्धि गर्न सफल भयौं भने वायुमार्गमा पनि डोल्पाले सुनौलो फड्को मार्नेछ । त्यसो त हामीसँग सन्धि गर्दा ती पक्षहरुलाई पनि प्रविधि हस्तान्तरणको ठूलै फाइदा हुने देखेका छौं । भारततिरबाट त ग्रीन सिग्नल पनि आइसकेको छ ।

वाह, कस्तो अभूतपूर्ण ! तर, तपाईंले मातृशिशु स्वास्थ्यमा कसरी यत्रो फड्को मार्नुभयो, त्यो त बताउनुभएन नि ?

ए, हो त नि, म त अन्तै मोडिएछु । विश्वासिलो र सर्वसुलभ यातायात नै विकासको पहिलो कडी हो भन्ने कुरा हजुरले बुझ्नै भएको होला । खासमा भन्ने हो भने केबलनाम्डु नै आधुनिक डोल्पाको मेरुदण्ड हो । यसको आधारमा हाम्रा प्रायःजसो प्रणालीहरु सञ्चालित छन् । पहिलो कुरा त धो हिमालयन मेन्खांग (अस्पताल) अहिलेको एसियाकै विश्वसनीय, आधुनिक र सस्तो अस्पताल हो । हामी हरेक वर्ष ३ लाखभन्दा बढी त विदेशीहरुकै उपचार गर्छौं । हाम्रो उपचार पद्धति पनि हाम्रा प्राचीन विधि, जडिबुटी र आधुनिक वैज्ञानिक खोज र प्रशोधनको संश्लेषणबाट निर्देशित छ । उमेर र वैवाहिक अवस्था अनि जागिर वा अन्य व्यस्तता तथा अन्य आकस्मिकताको आधारमा हरेक वर्ष केही हजार जोडीले मात्र बच्चा जन्माउन पाउने व्यवस्था मिलाएका छौं । तर, त्यसो भन्दैमा नागरिकको प्रजनन अधिकार खोसिएको भन्ने नबुझ्नु होला ।

किनकि यहाँ आमजनतासँग जोडिएका हरेक कुराको निर्णय नागरिकको व्यापक सहभागिता र सहमतिको आधारमा गरिन्छ । सबै कुराको अग्रिम योजना र व्यवस्थापन हुने भएकोले आमाहरुले गर्भवती अवस्थादेखि पूर्ण स्याहार, चेक जाँच र खानपिनको सुविधा पाउँछन् । अझ भनौं उनीहरुको सबै कुराको जिम्मेवारी राज्यको जनस्वास्थ्य विभागले लिन्छ । उनीहरुमा कुनै किसिमको जटिलता छ भने सम्बन्धित मेन्बा (डाक्टर)को टीमले पहिलेबाटै पूर्ण होसियारी अपनाउनुपर्ने हुन्छ र लापरबाहीको कारण आमा वा बच्चाको जीवनमा तलमाथि पर्‍यो भने सम्बन्धित टीम लिडरको लाइसेन्स बदर हुन्छ । पूरै टीम मिलेर करोडौंको क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । अनि सबैजना कारबाहीका भागी हुन्छन् । गर्भवती महिलाले कुनै किसिमको अप्ठ्यारो महसुस गर्नासाथ उनीहरुले नाम्डुस्विच थिच्नेछन् र त्यसको केही मिनेटमै नाम्डुड्रोन उनीहरुको घरमा पुगेर उनीहरुलाई धो हिमालयन मेन्खांग पुर्‍याइसक्छ ।

त्यसो त हामी छिट्टै घरघरमै गएर सर्जरी गर्नसक्ने रोर्बट चिकित्सकीय प्रणाली पनि विकास गर्दैछौं । जुन प्रोजेक्टले सन् २०५५ भित्रमै काम गर्न लाग्नेछ भनेर हामीलाई हाम्रा वैज्ञानिकहरुले जानकारी गराएका छन् ।

नाम्डुस्विच गर्भवती महिला भएको घरमा मात्र जडान हुन्छ र उनीहरुको लागि मात्र प्रयोग हुन्छ । यो व्यवस्थाबाट पनि मातृशिशु स्वास्थ्यप्रतिको डोल्पोली व्यवस्थापन र संवेदनशिलता महशुस गर्न सकिन्छ । त्यसो त हामी छिट्टै घरघरमै गएर सर्जरी गर्नसक्ने रोर्बट चिकित्सकीय प्रणाली पनि विकास गर्दैछौं । जुन प्रोजेक्टले सन् २०५५ भित्रमै काम गर्न लाग्नेछ भनेर हामीलाई हाम्रा वैज्ञानिकहरुले जानकारी गराएका छन् ।

लियाजोले जहाँ पनि हामीले गरेको भन्ने सुन्दा मलाई मनमनै बुढालाई जस चाहिं आफैं लिनुपर्ने रहेछ भन्ने लागिरहेको थियो ।

केबलनाम्डुु तिन्जे पुगिसकेको थियो । जुन हालको डोल्पाको राजधानीसमेत हो । ठाउँ सानो भए पनि अति मनमोहक हिमाली दृश्य र समथर भूभाग भएकाले यो ठाउँलाई राजधानी बनाएको रे ! धो-तरप र साल्डांग अझ फराकिला र सम्भावना भएका गाउँ भए पनि माथिल्लो डोल्पाको लगभग बीच भागमा तिन्जे पर्ने भएकाले पनि यसले मौका पायो कि ? त्यसो त तल्लो डोल्पामा दुनै, त्रिपुरा जस्ता ठाउँ पनि राजधानी चुनिन सक्थे । तर, नयाँ, पर्यटकीय हिसाबले महत्वपूर्ण र यातायातको कुनै असुविधा नभएपछि तिन्जेले सहमति पाएको हो । सन् २०४० सम्म त दुनै नै राजधानी थियो । तर, आधुनिक डोल्पोले पाइला चाल्नै लाग्दा डोल्पोले तिन्जेलाई राजधानी बनायो ।

हामी विस्तारै केबलकारबाट ओर्लियौं । तिन्जे स्टेसनमा नै ओर्लने भएकाले ड्रोनको प्रयोग गर्नुपरेन । दिउँसोको ३ बजेको हुँदो हो । ससाना तर कलात्मक करालो छानो भएका एकनासका हजारौं घरहरु देख्दा मन नै लठ्ठ हुन्थ्यो । त्यसमाथि उत्तरपूर्वी कुनामा चाँदी जस्ता टल्किएका हिमालहरु, दिउँसोको घाममा दोस्रो ल्हासा शहर झैं देख्यो मेरो आँखाले तिन्जेलाई । लियाजोले सीधै मलाई सरकारी डोनखाङ (पाहुनाघर)मा लगे । जहाँ दुई जना डोल्पोली मानिस स्वागत गर्न उभिएका थिए । मेरो डोनखाङको आईडी नम्बर त्क्ष्ल् २०१ थियो जुन तिन्जेको सबैभन्दा प्रसिद्ध भवन रहेछ । पाहुनाको सरल तथा छोटोमीठो खालको स्वागत-सम्मान गर्ने तरिका पनि सही लाग्यो । उनीहरुले मलाई भन्दा पनि मेरो लियाजोलाई झुकेर अभिनन्दन गरेको देखेर म अचम्भित भएँ । हामी सीधै भित्र गयौं र एउटा बैठक कोठामा बस्यौं । बैठक कोठामै हामीले स्न्याक्स खायौं र सुरु भयो बैठक ।

सरकारी सूचना अधिकारी तथा प्रवक्ताले सामान्य परिचयात्मक कार्यक्रम गरे । दुइटा सोफामा दुई जना पुरुष र दुई जना महिला लहरै बसेका थिए । जसमध्ये दुई जना महिला पर्यटन सचिव र प्रविधि सचिव रहेछन् र दुई जना पुरुष उद्योग सचिव र कृषि सचिव रहेछन् । र्‍यापोर्टर अर्को सोफामा । अनौठो त के भने कोठाको भित्तामा एउटा मात्र ठूलो पेन्टिङ टाँसिएको थियो र त्यो पेन्टिङ मेरै लियाजोको थियो । उनीहरु सरकार प्रमुखलाई परिषद् प्रमुख र मन्त्रीहरुलाई सचिव नै भन्दा रहेछन् । मन्त्री शब्दलाई उनीहरुले बहिस्कार नै गरेका रहेछन् झैं लाग्यो । सायद काठमाडौं टेरिटोरीका मन्त्रीहरुको व्यवहार देखेर वाक्क लागेर पनि हुनसक्छ । अझ चकित त तब भैयो जब मेरा लियाजोलाई डोल्पो टेरिटोरीका फाउन्डर तथा पूर्वपरिषद् प्रमुख भनेर चिनाइयो । अहिलेसम्म एउटा सामान्य कर्मचारी बनेर मलाई यहाँको सबै ब्रिफिङ गर्ने व्यक्ति नै डोल्पो निर्माणका प्रमुख पात्र रहेछन् । उतातिर प्रधानमन्त्रीको त कुरै छोडौं एउटा मन्त्रीले समेत मन्त्री भएपछि मन्त्री वा प्रधानमन्त्रीको मात्र पोर्टफोलियोमा काम गर्न मिल्ने संस्कार बनेकोमा यहाँ त त्यत्रो एकहिसाबले राष्ट्रपिता भैसकेको मानिसले यसरी लियाजोको काम गरेको देख्दा म त नतमस्तक भएँ ।

हाम्रो अर्थतन्त्रमा जडीबुटीजन्य उद्योग, प्रशोधन केन्द्र र यसको निर्यातको ठूलो योगदान छ । यहाँ जडिबुटीलगायत कुनै पनि कच्चापदार्थ निर्यात गर्न नपाउने कानून बनाइएको छ । जसले गर्दा डोल्पाको लगभग आधा जनसंख्याले यो उद्योगमा रोजगारी पाएका छन् र विदेशी मुद्राको कमाइमा ठूलो बढोत्तरी भएको छ ।

परिचयात्मक कार्यक्रमपछि उद्योग सचिव उठिन् र सबैलाई अभिवादन गर्दै आफ्ना भनाइ राख्न लागिन् । म काठमाडौं टेरिटोरीबाट यहाँ पाल्नुभएका विशेष डोन्पो(पाहुना)लाई डोल्पोले कसरी उद्योग कलकारखानामा छोटो समयमै राम्रो प्रगति गर्न सक्यो भन्नेबारेमा केही बताउन गैरहेको छु । हामीले १. जडिबुटी, २. डोल्पो अनुभव र ३. डोल्पो कृषि गरेर ३ खम्बे अर्थ नीतिको योजना बनायौं । जडिबुटी भन्नाले जडिबुटीको स्याहार सम्भार, संकलन, प्रशोधन तथा बिक्री वितरण भन्ने बुझिन्छ । लगभग लोप भैसकेको यार्सागुम्बा अहिले वार्षिक २० हजार टन उत्पादन हुन्छ, (डोल्पोको ठूलो भूभाग खाली रहनुले पनि हामीलाई यसमा काम गर्न सहयोग मिल्यो ।) र त्यसलाई हामी प्रशोधन गरेर जीवन बुटीको ब्रान्ड नाममा विश्वका ५० भन्दा बढी देशहरुमा निर्यात गर्छौं । प्रतिकेजी २० हजार डलरसम्ममा बिक्री हुने जीवन बुटीले एन्टी एजिङ र यौन क्षमता वृद्धिमा प्रभावकारी रुपमा काम गरिराखेको हुनाले हामीले व्यापारमात्र होइन मानव समुदायलाई नै ठूलो योगदान दिइराखेको भान भइराखेको छ । हाम्रो अर्थतन्त्रमा जडीबुटीजन्य उद्योग, प्रशोधन केन्द्र र यसको निर्यातको ठूलो योगदान छ । यहाँ जडिबुटीलगायत कुनै पनि कच्चापदार्थ निर्यात गर्न नपाउने कानून बनाइएको छ । जसले गर्दा डोल्पाको लगभग आधा जनसंख्याले यो उद्योगमा रोजगारी पाएका छन् र विदेशी मुद्राको कमाइमा ठूलो बढोत्तरी भएको छ ।

डोल्पो अनुभवको बारेमा बताउन पर्यटन सचिव उठे । रिङ्मो (त्से फोक्सुडो ताल) र कान्जिरवा हिमाल जस्ता प्राकृतिक सम्पदा तथा डोल्पो संस्कार र पहिचानलाई जोडेर डोल्पो अनुभव भन्ने कार्यक्रम ल्यायौं । हाल वर्षेनि ५ लाखभन्दा बढी डोल्पो बाहिरका मानिसहरु रिङ्मो नजिकै बनाइएको हटआइस बाथ (उनीहरुले बनाएको तातो पानी र हिउँ सँगै बगाएर त्यसमा नुहाउने एउटा विधि) र आइस-स्प्ल्यास गर्न आउँछन् । अपर डोल्पोको भौगोलिक अवस्था, संस्कार, खानापिना र जीवनशैली हेर्न त यति धेरै पर्यटकको ताँती छ कि अबको २ वर्षसम्म हामीले बुकिङ खुलाउन सक्ने अवस्थै छैन । गुणस्तरीय सेवा प्रवाहमा बढी प्रतिबद्धता भएकाले पनि हामीले सहज क्षमताभन्दा बाहिर गएर पर्यटक स्वीकार नगरेका हौं ।

त्यस्तै लैनीमाथिको भीरमा गाडी पास गर्न हामीले बनाएको लुप (तलदेखि माथिसम्म बीसवटा सर्कलहरु जमिनको एउटै आधारमा टेकाएर बनाएको मोटरबाटोको एउटा प्रविधि) हेर्न पनि काठमाडौं र भारतबाट समेत लाखौं पर्यटक आउँछन् । अझ बाइकराइडर त लुपमा बाइक घुमाउन भनेरै हजारौं माइलको यात्रा तय गरेर यहाँ आइपुग्छन् । लुपको भारबहन क्षमता पनि कम हुुने भएकाले र यात्रालाई समेत थप रोमाञ्चक बनाउन सकिने देखेर लुपबाट माथिल्लो जमिनसम्म पुग्न चाहिँ हामीले हुक लिफ्टिङ सिस्टम बनाएका छौं (जुन चीनको मोनोरेल झैं लाग्छ) ।

त्यहाँबाट लगभग १०० मिटर जति सबै सवारीहरुले अत्याधुनिक प्रविधिमा बनेको हुकमा झुन्डिएर वारपार गर्नुपर्ने हुन्छ । गाडीभित्रबाट तल ठूलो भीरलाई साक्षात्कार गर्दै मानिसहरु पारि पुग्छन् । तर, मोटरसाइकललाई भने साँघुरो रोड बनाइएको छ । अपर आउनेहरुले त्यहाँ नै इन्ट्री फी पनि बुझाउँछन् । त्यसो त केबलनाम्डु हेर्न पनि निकै पर्यटक आउँछन् । यद्यपि डोल्पाली जनतालाई पूर्णतया निःशुल्क गरिएकोले बाहिरबाट आउनेलाई यसको दर केही महँगो पर्न जान्छ । धोमा भएको अन्तर्राष्ट्रियस्तरको अस्पतालमा उपचार गर्न आउने लाखौं विदेशी पाहुना पनि केबलनाम्डुका ग्राहक हुन् । जसबाट डोल्पोले मनग्य आम्दानी गर्छ ।

हाम्रो गुड लक नै भन्नुपर्छ, आजका दिनमा विश्वभरका क्रिप्टोकरेन्सीको माइनिङ गर्ने कम्पनीहरुको मुख्यालय डोल्पामै छ र ती सबै कम्पनीको वार्षिक कमाइ दक्षिण एसियाको सबै देशहरुको जीडीपीभन्दा बढी छ ।

अघिदेखि व्यग्र प्रतीक्षा चाहिं प्रविधि सचिवको थियो । जो विस्तारै आफ्नो स्थानबाट उठिन् र अभिन्नदनसहित मसिनो बोलीमा बोल्न सुरु गरिन् । डोल्पाको समृद्धिमा पहिलो हात प्रविधि अपनाउनुमा होइन, प्रविधि निम्त्याउनुमा छ । हामीले सबैभन्दा पहिले विश्वको ध्यान कसरी डोल्पामा तान्ने भनेर कसरत गर्न थाल्यौं । सबैभन्दा अग्लो पुल, अग्लो ठाउँमा होटल, अग्लो बन्जी, अग्लो भ्यूटावर आदि आदि । कुनैले पनि खास काम गरेन । सन् २०३५ आसपासको कुरा हो र हामीले क्रिप्टोकरेन्सीको माइनिङमा आइरहेको इनर्जी समस्याका बारेमा थाहा पायौं । खासमा क्रिप्टो माइनिङको लागि भरपर्दो र ठूलो परिणाममा ग्रीन इनर्जी आवश्यक थियो त्यतिखेर । त्यही कुरालाई ध्यान दिएर हामीले विभिन्न तरिकाले स्रोत जुटाउँदै विन्डमिल र सोलार पावरका ठूल्ठूला प्लान्ट जडान गर्‍यौं र क्रिप्टोकरेन्सीको हब बनाउने प्रयास सुरु गर्‍यौं । काठमाडौ टेरिटोरीले उत्पादन गरेको हजारौं मेगावाट विद्युत बिक्री नभएर त्यसै खेर गैरहेको थियो त्योबेला । त्यसैले हामीले त्यतिखेर ३००० मेगावाट विद्युत सरल दरमै किन्न पायौं । त्यसले काठमाडौं सरकारलाई त राम्रै आर्थिक टेवा दिइनै हाल्यो । त्योभन्दा महत्वपूर्ण हाम्रो क्रिप्टो कम्पनीहरुलाई निम्त्याउने प्रोजेक्टमा ठूलो योगदान मिल्यो ।

विश्वभरका क्रिप्टोकरेन्सीको माइनर कम्पनीलाई इनर्जीको कहिल्यै समस्या हुन नदिने र अघिल्लो ५ वर्षसम्म आधा मूल्यमा हरित इनर्जी पूर्ति गर्ने भन्दै आह्वान गर्‍यौं । हाम्रो गुड लक नै भन्नुपर्छ, आजका दिनमा विश्वभरका क्रिप्टोकरेन्सीको माइनिङ गर्ने कम्पनीहरुको मुख्यालय डोल्पामै छ र ती सबै कम्पनीको वार्षिक कमाइ दक्षिण एसियाको सबै देशहरुको जीडीपीभन्दा बढी छ । ती कम्पनीबाट हामीले जति धेरै इन्कम ट्याक्स पाउँछौं, त्योभन्दा बढी फाइदा त्यहाँ काम गर्ने हाम्रा युवाको रोजगारीबाट र त्योभन्दा पनि बढी फाइदा त्यहाँ प्रविधि सिकेर अन्य क्षेत्रमा प्रविधि विस्तार गर्ने युुवाबाट भइरहेको छ । त्यसपछि डोल्पामा भएका विभिन्न खनिजहरुको खोजी गर्ने क्रममा जब लिथियमको अपार भण्डार नै डोल्पामा फेला पर्‍यो । त्यसपछि त विश्व बजारमा हाम्रो सहज पहुँच हुन लाग्यो । आज हामी लिथियम ब्याट्री निर्यातमा विश्वमै टप फाइभभित्र पर्छौं । ब्याट्री पछिपछि जीवनबुटी, त्यसपछि डोल्पाली कृषिको योगदान घुरकुम (केशर) बुटीलगायतका सयौं सामानहरु अहिले विश्व बजारमा छन् ।

कृषि सचिव उठ्नै लागेका थिए, उनलाई बस्न इसारा गर्दै मेरो लियाजो उठे । सबै कुरा एकैपटक गर्दा डोन्पोलाई अप्ठ्यारो पर्नसक्छ । त्यसैले अब खानातिर लागौं । डोन्पो भोकाउनुभयो होला । एउटा महत्वपूर्ण सवाल के भने उद्योग, कारखाना सुरु गर्न इनर्जीको अभावले हामीलाई निकै अप्ठ्यारो पार्यो । तर, बिस्तारै हामीले अत्याधुनिक प्रविधिसहितको विन्ड मिल र सोलार इनर्जीमा राम्रो लगानी गर्‍यौं र त्यसले नै हाम्रा सबैजसो आवश्यकता पूरा गर्‍यो । पछि आएर भारत र चीनतर्फबाट पनि सस्तो दरमा विद्युत दिने कुरा आए । तर, प्रसारण लाइन नबनाइदिने भनेपछि हामीले नै अस्वीकार गर्‍यौं । तर, काठमाडौं टेरिटोरीले हामीलाई प्रसारणलाइनसहित जुन ३००० मेगावाट विद्युत सरल दरमा बिक्री गर्‍यो । त्यहाँबाट नै हाम्रो विकासको जग बाँध्न सजिलो भएको हो । हरित इन्धन र त्यसको उच्चतम सदुपयोगले नै देश विकास हुने रहेछ भन्ने हामीले थाहा पायौं ।

डोल्पाली डिनरले मन्त्रमुग्ध बनाए पनि यहाँको शिक्षा प्रणाली कस्तो होला भन्ने हुटहुटीले दिमागलाई रिङ्गाइनै रह्यो । डोल्पोको शिक्षाको बारेमा बुझ्ने लालसा झन् बढ्नमा उनीहरुले प्रविधिमा गरेको विकास पनि अर्को कारण हो । मलाई डोल्पोको शिक्षा प्रणालीको बारेमा बताइदिनुस् न । काठमाडौंका मानिसहरुलाई पनि त्यसमा खुब चासो छ ।

हाहाहा, बढो गम्भीर प्रश्न सोध्नु भो । सुरुमा हामीलाई पनि यो प्रश्नले धेरै सताएको थियो । किनकि हाम्रो डोल्पोलाई विकास गर्न शिक्षा प्रणाली नै राम्रो बनाउनुपर्छ भन्ने सबैको राय थियो । तर, कसरी ? अघिल्ला १० वर्ष हामीले पनि खुब कसरत गर्‍याैं । खुब दिमाग खियायौं । तर, कुनै राम्रो समाधान निस्केन र कुनै राम्रो उपलब्धि पनि निस्केन । काठमाडौं सिन्ड्रोम भयो । प्रोजेक्टमा पैसा, श्रम, संगठन र समय लगानी हुने तर कुनै नतिजा ननिस्कने भयो भने हामी त्यसलाई काठमाडौं सिन्ड्रोम भन्छौं । त्यसपछि हामीले एउटा नयाँ कुरा थाहा पायौं । जुन कुरा मैले यहाँ भनेदेखि तपाईंलाई अनौठो र वाहियात पनि लाग्नसक्छ ।

के कुरा हो त्यस्तो, भन्नै नमिल्ने ? कुरा लुकाउन खोजेको हो कि भन्ने लाग्न थाल्यो मेरो शंकालु मनलाई । तर, लियाजो आफैं बोल्न सुरु गरे । खास कुरा के भने हामीले साना केटाकेटीको लागि स्कुल नै नचाहिने निर्क्याेल निकाल्यौं । ४० को दशकसम्म आइपुग्दा लगभग सबै अभिभावक साक्षर भैसक्नुभएको थियो । त्यसैले हाई स्कुलसम्मको पढाइ घरघरमै आफ्नै अभिभावकमार्फत गराउने निधो गर्‍यौं । केटाकेटीले आमाबाबाको मायासहितको शिक्षा पाऊन् भन्ने हाम्रो मनसाय थियो । सुरुमा त निकै अन्योलपूर्ण र आलोचनात्मक भएको थियो यो योजना । कतिले शिक्षा समितिको कार्यक्षमतामाथि नै औंलो ठड्याए । समितिका साथीहरुले राजीनामा दिने पनि भन्नुभयो ।

हामीले साना केटाकेटीको लागि स्कुल नै नचाहिने निर्क्याेल निकाल्यौं । ४० को दशकसम्म आइपुग्दा लगभग सबै अभिभावक साक्षर भैसक्नुभएको थियो । त्यसैले हाई स्कुलसम्मको पढाइ घरघरमै आफ्नै अभिभावकमार्फत गराउने निधो गर्‍यौं ।

तर, शिक्षा समितिमा भएका महिला सदस्यहरु यो योजनाबाट पछि हट्न मान्नुभएन । उहाँहरुको एउटै जोड थियो कि यो शिक्षा प्रणाली बालबालिकाको बालापन बचाउन पनि वैज्ञानिक र सुहाउँदो छ । विद्यालय भवन, बाटोलगायतका पूर्वाधारमा लगानी गर्नुपर्ने अर्बौंको खर्च पनि जोगिने, स्थायी शिक्षकलाई दिनुपर्ने करोडौं रकमको निवृत्तिभरणको राज्यको दायित्व पनि नरहने । त्यसो त महिलाकै बहुमत भएको सो समितिका महिला सदस्यहरुले पुरुष साथीलाई पनि विश्वस्त पार्नुभयो । विस्तारै सबैले कुरा बुझे र आज यो शिक्षा प्रणाली निकै नै अब्बल सावित हुँदै गएको छ । जापान र फिनल्याण्डले पनि यही प्रणाली अपनाउँदै छन् रे भन्ने सुनेको छु ।

अलि डिटेलमा बताइदिनुहोस् न ! म हतारिएँ ।

पख्नुस् न । म भन्दै छु नि ! हाल आएर ५ वर्ष काटेका बालबालिकालाई मात्र पाठ्यक्रममा आधारित सिकाइ गर्न पाउने नियम बनाएका छौं । ५ वर्ष काटेपछि बालबालिकाले शिक्षा समितिले सिफारिस गरअनुरुपको पाठ्यक्रममा आधारित पढाइ गर्न पाउँछन् । बाबु वा आमामध्ये एकजनालाई उसको ज्ञान, रुचि, क्षमता र उपलब्धताको आधारमा औपचारिक शिक्षकको रुपमा छानिन्छ । उसले हरेक दिन १-३ कक्षाको लागि ३ घण्टा, ४-७ कक्षाको लागि ४ घण्टा र ८-१० कक्षाको लागि ५ घण्टा समय दिनुपर्छ । लगभग पूर्ण रोजगारी भएको डोल्पोमा जति घण्टा पढाउन दिनुपर्ने हो, त्यति नै समय सम्बन्धित व्यक्तिको कामबाट उसलाई बिदा दिइनेछ । तर, उसको तलब सुविधामा कुनै कमी आउँदैन । एकभन्दा बढी बालबालिका भएको घरमा राज्यले छुट्टै सेवा सुविधा उपलब्ध गराउँछ । त्यसैगरी बालबालिकाको पढाइ सुरु भएदेखि नसकिँदासम्म बालबालिकालाई शैक्षिक सामग्री किन्न र राम्रो खाना उपलब्ध गराउनसमेत राज्यले भत्ता उपलब्ध गराउँछ ।

हरेक गाउँको लागि विषय विज्ञता भएका एक सेट तालिम प्राप्त शिक्षक राखिएका हुन्छन् र उनीहरुले नै अभिभावकलाई परेको विषयगत कठिनाइलाई हल गरिदिने र बालबालिकाले राम्रोसँग बुुझिराखेका छन् छैनन् भनेर छड्के जाँच गर्नेसमेत गर्छन् । त्यसो त हामीले कक्षा १० सम्मको पाठ्यक्रममा पुरानो शिक्षामा गणित, विज्ञान जस्ता विषयमा पढाइने अप्ठ्यारा सूत्र र सिद्धान्तका कुराहरु राखेका छैनौं र १० कक्षा पास गरेको वयस्कले सामान्य मेहनत गर्‍यो भने सबै विषयवस्तु सजिलै पढाउनसक्छ । यदि कुनै अभिभावकले उचित तरिकाले पढाउन नसकेमा वा पढाउन नचाहेमा अर्को जिम्मेवार छिमेकीलाई उसको बालबालिकालाई समेत पढाउने जिम्मेवारी सुम्पिइन्छ र उसलाई त्यसबापतको भत्ता र सुविधा प्रदान गरिन्छ । कक्षा ११ देखि भने बालबालिकाले आफ्नो रुचि र करिअरलाई विचार गरेर पढ्ने विषय छान्छन् र सोहीअनुसारको कलेजमा दाखिल हुन्छन् । पढाइमा अब्बल र तेज सबै बालबालिकालाई छात्रवृत्ति प्रदान गरिन्छ । विदेश पढ्न जानेलाई समेत छात्रवृत्ति दिइन्छ । तर, फर्कने सम्झौता गरेरमात्र ।

त्यस्तो विदेश जाने छात्रवृत्ति त पहुँचवालालाई काठमाडौंमा पनि दिइन्छ । तर, पढेर स्वदेश नै फर्कदैनन् के गर्नु र ?

सुपुर्दगी सन्धि भएको देशमा मात्र छात्रवृत्तिमा पढ्न पठाउँछौं र राज्यको लगानीमा पढ्ने व्यक्तिले राज्यलाई नै धोका दिन्छ भने उसलाई स्वदेश ल्याएर गम्भीर अपराधीसरह सजाय हुन्छ । तर, आजसम्म युवाहरु अध्ययन सकेर फर्किएकै छन् । सायद डोल्पाको चिसो पानी र आत्मीयता अन्यत्र मिल्दैन कि ? यहाँको तलबभत्ता, सेवा सुविधा पनि आर्कषक नै छ । त्यसमाथि कानून परिपालनामा डोल्पो अब्बल नै छ र गल्ती गर्ने कसैलाई पनि उन्मुक्ति मिल्नेछैन । जे होस्, डोल्पा नागरिकले बनाएको ठाउँ हो, न कि कुनै अमुक नेताको मीठो भाषणले । देश विकास हुनमा नेताभन्दा पनि सुदृढ संस्कार अनि कर्मठ र इमानदार नागरिक चाहिने रहेछ, जुन डोल्पोले पाएको छ । डोल्पोको उन्नतिमा यहाँकै जनताको लगन र सुक्षबुझले काम गरेको हो ।

जिज्ञासा मेटिएकै थिएन, मेरो लियाजोले निद्रा लागिसकेको संकेत गरे । नचाहँदै पनि अतिथि गृहको बेडरुमतिर छिरियो, बाँकी कुरा भोलिलाई थाँती राखेर ।


प्रतिक्रिया

2 thoughts on “सन् २०५० को डोल्पा: एउटा घुमन्तेको मनोवाद

  1. Dreamland Dolpa imagined by Dipak Oli is viable as the scientific technology is developing very fast
    Dolpa needs to produce many young scientists like Mahabir Pun to make the dream come true of the Dolma Dreamland. Scientists and scholars are of the opinion that after 2050 World will be completely different as human being will be working more vertually with help of advance technology in the field of communication, industry, agriculture, health,medicine, education etc.

  2. कास दिपक जिको लियाजोले जस्तै हाम्रै कुनै पिढिले आफ्नो देशको बखान गर्न पाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *