द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारमाथि प्रहरीको धरपकड (तस्बिरहरू) – Nepal Press

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारमाथि प्रहरीको धरपकड (तस्बिरहरू)

काठमाडौं । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँबानेश्वरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

संक्रमणकालीन न्यायसम्बन्धी सरकारद्वारा प्रस्तावित विधेयकले पीडितलाई न्याय नदिने भन्दै उनीहरू लगातार आन्दोलित छन् । सोमबार आन्दोलनको क्रममा प्रहरीले उनीहरूमाथि बल प्रयोग गर्नुका साथै केहीलाई पक्राउ गरेको छ ।

पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको भन्दै उनीहरूले टीआरसी विधेयक संशोधनको माग गरेका छन् । बानेश्वरको एभरेष्ट होटलअगाडि विरोधको क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग ठेलमठेल भएको थियो ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले सरकारले संसदमा प्रस्तुत गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एकपक्षीय भएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर