पहिलो पटक अष्ट्रेलियामा गुन्जँदै सुजन चापागाईँ – Nepal Press

पहिलो पटक अष्ट्रेलियामा गुन्जँदै सुजन चापागाईँ

काठमाडौं ।
…देखेर तिमीलाई ,हेरेर तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई…

नेपाली गीत—संगीतको माहौलमा बजार तताएको यो गीतमा आवाज भर्ने गायक हुन सुजन चापागाईँ । यो लगायत थुप्रै गीत मार्फत आफ्नो विशिष्ट पहिचान बनाएका सुजन यति बेलाका चर्चित र व्यस्त गायकमा पर्दछन्।

प्रेममय गीतका कारण युवा पुस्ता माझ विशेष क्रेज बनाएका सुजन पहिलो पटक आफ्नो ब्यान्ड सहित अष्ट्रेलियाको सांगीतिक यात्रामा निस्कने भएका छन् ।

हो र होइन होला, रोटेपिंग इन्टरटेनमेण्ट र डिजे सुशील सुजनको सांगितीक समूहको अष्ट्रेलिया यात्राको इभेन्ट आयोजक रहेका छन् । इभेन्टको टाइटल प्रायोजक एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेस रहेको छ ।

पहिलो पटक अष्ट्रेलिया यात्रामा निस्कन लागेका सुजन चापागाईँको समूहले अप्रिल १४ तारेखबाट आफ्नो सांगीतिक यात्रा सुरु गर्ने छ । १४ अप्रिलमा डार्बिनमा प्रस्तुत हुने यो समूहले १७ मा मेलबर्न, १९ मा क्यानभरा, २४ मा ब्रिसबेन, २८ मा सिड्नी, २९ मा होबार्ट तासमनिया र ३० मा एडिलेटमा आफ्नो सांगीतीक प्रस्तुति पस्कने भएको छ । यसका लागि सुजन चापागाईँ आफ्नो समूहका साथ मङ्गलवार अष्ट्रेलिया उड्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *