एनएमबी बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर १०.७५ प्रतिशत – Nepal Press

एनएमबी बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर १०.७५ प्रतिशत

काठमाडौ । एनएमबी बैंकको ऋणपत्र बिक्री खुला भएको छ । आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो ।

एनएमब बैंकले १० वर्ष अवधिको ‘एनएमब डिबेन्चर १०.७५ प्रतिशत- २०८९/९०’ जारी गरेको हो । यसमा वार्षिक १०.७५ ब्याजदर दिने बैंकले जनाएको छ । बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल गरेको छ । यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख ५ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्टाइएको थियो । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर