रिटर्नी फेडेरेसनको राष्ट्रिय महाधिवेशन पर्सिदेखि, ओलीले उद्घाटन गर्ने (भिडिओ) – Nepal Press

रिटर्नी फेडेरेसनको राष्ट्रिय महाधिवेशन पर्सिदेखि, ओलीले उद्घाटन गर्ने (भिडिओ)

काठमाडौं । नेकपा(एमाले)को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै फेडेरेसनले नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ११ गते महाधिवेशनको उद्घाटन गर्ने जानकारी गराएको छ ।

विदेशमा वैदेशिक रोजगारी, अध्ययन र व्यापार, व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको फेडरेसनले २०७८ साल पौष १६ गते चन्द्रबहादुर रोकायाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।

हालसम्म ५ वटा प्रदेश समिति, ५४ वटा जिल्ला समिति र पालिकाहरुको अधिवेशन सम्पन्न भइसकेको फेडरेसनका उपमहासचिव जेपी सापकोटाले जानकारी दिए । उनले चैत्र १२ गतेका दिन नयाँ नेतृत्व चयन हुने जानकारी दिऐ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर