कांग्रेसलक्षित प्रचण्डको टिप्पणी- केपी ओलीको भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हाम्रो हातमा छ (भिडिओ) – Nepal Press

कांग्रेसलक्षित प्रचण्डको टिप्पणी- केपी ओलीको भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हाम्रो हातमा छ (भिडिओ)

मसँग छुट्दै गर्दा केपी ओलीले वैशाखपछि तपाई र म एउटै लबीमा हुन्छौं भन्नुभएको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाइदिनू भनेर एमाले नेताहरुकहाँ खोज्दै नगएको बताएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत मागेपछि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘तपाईंहरुले केही समयदेखि बल गर्दै हुनुहुन्थ्यो आइदिएहुन्थ्यो भनेर। म चाहिँ यतै बल गर्दै थिएँ। त्यसकारण मलाई अनेक गरेर बोलाउनुभयो। अन्तिममा म गएँ।’

उनले एमाले अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्री बनाएकोप्रति आभार व्यक्त गरे। उनले भने, ‘मैले तपाईंलाई दुई चोटी प्रधानमन्त्री बनाएका थिए। तपाईंले मलाई ब्याज तिर्नुभयो। अझै एउटा बाँकी छ। हिसाब राख्नुहोला।’

शान्ति, संविधान र यो उपलब्धि मुख्य भएकाले अहिले आफूले समिकरण फेरेको बताए। उनले भने, ‘संसद विघटनको विरुद्ध लडिएको थियो। तर, त्यही कुरा सही भएपनि सैह्य भएन। अर्कोतिर कांग्रेसले त्रृटि गरियो प्रचण्डलाई छाडेर भनेपछि मेरो लभ यता परिहाल्यो। त्यो लभ प्रधानमन्त्रीको लागि परेको होइन। कांग्रेसका साथीहरु पनि क्लियर हुनुहोला।’

उनले यो गठबन्धन पाँच बर्ष टिक्ने बताए। कांग्रेसलाई राष्ट्रपति दिन सम्भव छैन भनेपछि ओलीसँगको सहकार्य टुटेको बताए।
उनले भने, ‘त्यतिबेला उहाँले तपाईं बैशाखभन्दा उता जानुहुन्न। उहाँले भनेका बैशाखमा राष्ट्रपतिको बाँयापट्टी लबिमा तपाईं र म एकैठाउँमा हुन्छौं भन्नुभएको छ। उहाँको भनाईलाई पुष्टि गर्ने कि हामीहरु सबैको हातमा छ।’

उनले दुई तिहाइ बहुमतको नेकपा कम्युनिष्ट पार्टी, चारैतिर सरकारै सरकार, जतासुकै नियुक्ति नै नियुक्ति भएको चिजलाई गुमाएर नेपाली कांग्रेससँग सहकार्य गर्न किन पर्योरु किन त्यसो गरियो रु त्यसपछिको औचित्य कसरी पुरा गरिन्छरु भनेर लाग्न बताए।

उनले भने, ‘संविधान, लोकतन्त्र र गणतन्त्र र शान्ति प्रक्रियाको निम्ती त्यसो गर्नुपर्ने बाध्यता आइलाग्यो। इतिहासप्रति हामी कसैले पनि छेडखानी नगरौं। बाध्यता आइलाग्यो। धेरै ठुलो छलफल गरियो। संविधानको रक्षा गर्ने शक्ति को हुनसक्छ। जसले शान्ति सम्झौतामा हस्ताक्षर गर्यो तिनै शक्तिहरु एकठाउँमा नभइ लोकतन्त्र, गणतन्त्र र शान्ति प्रक्रिया अगाडि नजाने स्थिती आएपछि मैले त्यो निर्णय लिन बाध्य भएर निर्णय लिएका हुँ।’

उनले मञ्चमा आएर गरेको तर्कको कुनै अर्थ नभएकाले आत्मसमिक्षा गर्न आवश्यक भएको बताए।


प्रतिक्रिया

One thought on “कांग्रेसलक्षित प्रचण्डको टिप्पणी- केपी ओलीको भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हाम्रो हातमा छ (भिडिओ)

  1. तिम्र‍ो हातमा केही पनि छैन । जे छ दिल्लीको हातमा छ । अब जनताले दिल्लीलाई पनि ल‍ोप्पा खुवाउँदै छन् नाकाबन्दीमा जस्तै ।दिल्लीले नोकर बनाउन्जेल प्रयोग गर्छ त्यसपछि फालिदिन्छ नोकरलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर