पलले ‘भाउ नदिएपछि’ चिढिएकी पूजा : जेलबाट छुटेपछि भेट्न गइनन्, स्टाटस पनि हटाइन् (भिडिओ) – Nepal Press

पलले ‘भाउ नदिएपछि’ चिढिएकी पूजा : जेलबाट छुटेपछि भेट्न गइनन्, स्टाटस पनि हटाइन् (भिडिओ)

काठमाडौं । कलाकार जोडी पल शाह र पूजा शर्माको सम्बन्धबारे धेरै बताइरहनु आवश्यक नहोला । पल जेल जाँदा यदि कुनै चलचित्रकर्मीले खुलेर उनको पक्षमा वकालत गरेको थियो भने उनी पूजा शर्मा नै थिइन् ।

पलको बचाउमा के मात्रै गरिनन् पूजाले । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बलात्कारको जाहेरी परेको थियो । सो चलचित्रमा पूजाको जोडी बनेर खेलेका पल प्रहरीको खोजीमा परेपछि प्रिमियरमा अनुपस्थित रहे ।

सो कार्यक्रममा पल नआउँदा पूजा विक्षिप्त देखिएकी थिइन् । उनी क्यामराअगाडि नै धरधरी रोइन् । उनीमाथि चलचित्र हिट बनाउन आँशुको हत्कण्डा प्रयोग गरेको आरोप पनि लाग्यो ।

तर, यस्ता आरोपले पूजालाई फरक परेन । उनी निरन्तर पलका पक्षमा बोलिरहिन् । सामाजिक सञ्जालमा लेखिरहिन् । पलको तस्बिर अंकित टिसर्ट लगाएर पनि हिँडिन् । ‘लुगा नच्यातिकन बलात्कार हुन्छ र ?’ भन्नेजस्ता हचुवा अभिव्यक्तिहरु पनि दिइन् । उनले बारम्बार भनिरहिन्, ‘पलबिना म अधुरो छु ।’

पल छुट्ने केही दिनअघि मात्रै उनको जन्मदिन मनाउन पूजा केक बोकेर तनहुँ कारागार पुगेकी थिइन् । कारागारभित्रै केक काटेर पलको जन्मदिन मनाइएको थियो । त्यसको केही दिनमा नै पल अदालतको फैसलाबाट रिहा भए ।

पल छुटेपछि धेरैले अनुमान गरेका थिए कि उनलाई स्वागत गर्न पूजा फेरि तनहुँ कारागार पुग्नेछिन् । अदालतको फैसाला आएपछि पूजाले सामाजिक सञ्जालमा सानो स्टाटस लेखेर खुशी व्यक्त गरेकी थिइन् । १४ फागुनको स्टाटसमा उनले लेखेकी थिइन्, ‘आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाई पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान ।’

तर, उनको यो स्टाटस अहिले टाइमलाइनबाट गायब छ । पलसँगको असन्तुष्टिकै कारण उनले स्टाटस हटाएको बुझ्न सकिन्छ ।

उनी पललाई स्वागत गर्न तनहु गइनन् । काठमाडौंको त्रिभुवन विमानस्थलमा पलको स्वागतमा समर्थकहरुको ठूलो भीड जम्मा भएको थियो । तर, पूजा त्यो भीडमा पनि देखिइनन् ।

निकटस्थका अनुसार जेलबाट छुटेयता पुजाले पललाई भेटेकी नै छैनन् । न त सामाजिक सञ्जालमा नै पलका विषयमा कुनै पोस्ट गरेकी छन् । आखिर किन त ?

यसको विश्वासिलो कारण पत्ता लागेको छैन । तर, निकटस्थका अनुसार पूजालाई पलले ‘भाउ नदिएपछि’ उनी असन्तुष्ट बनेकी हुन् । जेलबाट छुटेपछि पल आफैं भेट्न आउने पुजाको अपेक्षा थियो । तर, पल आफ्नै संसारमा रमाउन थालेका छन् । पहिलेभन्दा फरक तरिकाले करिअर अघि बढाउन खोजेका पलले पूजासँग पहिलोजस्तो खुल्ला घनिष्ठता कायम राख्न नचाहेको बताइन्छ ।

विगतमा नेपाली चलचित्र क्षेत्रभित्र ‘प्लेब्वाई’ को रुपमा चित्रित गरिन्थे पल । निकटस्थका अनुसार अब उनी आफ्नो यो छवि मेट्ने प्रयासमा हुनेछन् ।

यता पूजा भने पलले भाउ नदिएपछि चिढिएकी छन् । त्यसो त उनले ‘पल शाहले फुलमाला लगाएर आएको मन नपरेर भेट्न नगएको’ समेत बताउने गरेकी छन् । तर, त्यो उनको बहाना मात्रै भएको निकटस्थको भनाइ छ ।

यो पनि पढ्नुस् : धरधरी रुँदै पुजाले भनिन्- हामीमाथि बज्रपात पर्याे (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *