‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को अडिसन शुरु, विजेतालाई १ करोड रुपैयाँ – Nepal Press

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को अडिसन शुरु, विजेतालाई १ करोड रुपैयाँ

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड शुरु हुँदैछ । विजेतालाई १ करोड रुपैयाँ पुरस्कार दिइने छ।

यहि फागुन २० र २१ गते दमकको इट्टाभट्टा स्थित सरस्वती मध्यमिक विद्यालयमा र काठमाडौं अडिसन फागुन २७ र २८ गते ग्यानेश्वर स्थित ग्यालेक्सि पब्लिक स्कुलमा आयोजना हुने बताइएको छ ।

फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुने जनाइएको छ । डिजिटल अडिसनको अन्तिम मिती फेब्रुअरी २८ र अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्ने प्राबधान रहेको छ ।

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने बताइएकोे छ ।

यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने बताएको छ । ‘डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *