‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजरमा धिरजको संघर्षको कथा – Nepal Press

‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजरमा धिरजको संघर्षको कथा

काठमाडौं । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ । आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा नायक धिरज मगरलाई मात्र देखाइएको छ ।

टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ ।

फिल्ममा धिरज मगरको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ ।यो फिल्ममा सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ ।

कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत रहेको फिल्मको निर्देशन रेनशा राई रानाले गरेकी हुन् ।फिल्म ‘आई एम ट्वान्टी वान’ले एक यूवाको डान्सको सपनालाई प्रस्तुत गरेको छ । टिजर हेर्दा पनि फिल्मको मेकिङ उच्च देखिएको छ ।

धिरजले फिल्मका लागि निकै मिहिनेत गरेको प्रष्ट हुन्छ । आईकोर फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण भएको हो । आईकोर फिल्मस्ले निर्माण गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले पनि बक्स अफिसमा गज्जबको व्यापार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर