यसरी मनाइयो ग्याल्पो ल्होसार (तस्बिरहरु) – Nepal Press

यसरी मनाइयो ग्याल्पो ल्होसार (तस्बिरहरु)

काठमाडौं । आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार मनाइएको छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

शेर्पा समुदायले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । शेर्पा समुदायले आज घरमा नयाँ झण्डा फेर्ने चलन छ । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५१औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो ।

तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर