सिटी र युनाइटेडको जित – Nepal Press

सिटी र युनाइटेडको जित

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले जित निकालेका छन् ।

सिटीले एस्टन भिल्लालाई ३–१ गोलको नतिजामा पराजित गर्दै शीर्ष स्थानको आर्सनलसँग अंकदुर छोट्याएको हो । बिहीबार हुने आर्सनल विरुद्धको खेलमा जित निकाले सिटी शीर्ष स्थानमा रहने छ ।

एस्टन भिल्ला विरुद्ध सिटीको जितमा रोड्री, गुन्डोगान र रियाद माहरेजले गोल गरे । एस्टन भिल्लाका ओलीइ वाटकीनासले एक गोल फर्काएका थिए ।

यस्तै, युनाइटेडले लिड्स युनाइटेडलाई २–० गोलको नतिजामा पराजित गरेको छ । युनाइटेडको जितमा मार्कस रासफोर्ड एलेजान्द्रो गार्नाचोले गोल गरे ।

जितसँगै सिटीले २२ खेलमा १५ जित तीन बराबरी र चार हारको नतिजासहित ४८ अंक जोडेको छ । शीर्ष स्थानको अर्सनलको ५१ अंक छ ।
युनाईटेड ४६ अंकसहित तेस्रो स्थानमा रहँदा एस्टन भिल्ला २८ अंकसहित ११औँ स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *