घरधनीकाे अटेरपछि इटहरीमा चल्यो उपमहानगरको डोजर – Nepal Press

घरधनीकाे अटेरपछि इटहरीमा चल्यो उपमहानगरको डोजर

विराटनगर । इटहरी उपमहानगरपालिकाले रानी विराटनगर इटहरी धरान किमाथांका व्यापारिक मार्गको मापदण्डमा पर्ने घर भत्काउन थालेको छ । चीन र भारत जोड्ने सडकको मापदण्डमा पर्ने इटहरी वडा नम्बर ६ का घरहरू भत्काउन थालिएको हो ।

उपहानगरले दिएको समयमा सर्वसाधारण आफैंले नभत्काएको घरमा डोजर चलाइएको हो । उपमहानगरले इटहरी बजारको मुख्य क्षेत्रमा पर्ने घर भत्काउन शनिबारसम्म समय दिएको थियो ।

समय सीमामा आफैंले नभत्काएका घरहरुमा उपमहानगरले भत्काएको मेयर हेमकर्ण पौडेलले बताए ।

इटहरी उपमहानगरले वडा नंं ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घर दुई साताअघि भत्काएको थियो । वडा नं ६ मा पर्ने ३४ घर भत्काउन शनिबार सम्म समय दिइएको थियो ।

घरधनीले भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म तीन सय मिटर सडक विस्तार हुन सकेको छैन ।

इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा बाँकी नै रहेको छ । कोसी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ।

सडक निर्माणका लागि २०८० सम्म समयावधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने सडक विस्तार आयोजनाको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *