एमालेका चार नेताले पाए नयाँ जिम्मेवारी, घनश्याम भुसालको ठाउँमा विन्दा पाण्डे (भिडिओ) – Nepal Press

एमालेका चार नेताले पाए नयाँ जिम्मेवारी, घनश्याम भुसालको ठाउँमा विन्दा पाण्डे (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वसांसद तथा स्थायी कमिटी सदस्य गौतमलाई प्रदेश इन्चार्ज चयन गरेको हो ।

यसअघिको इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकाले उनको ठाउँमा गौतमलाई जम्मेवारी दिइएको हो । त्यस्तै घनश्याम भुसालका कारण रिक्त रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन गरेको छ ।

बैठकले बालकृष्ण ढुंगेलको निधनका कारण रिक्त भएको अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएका कारण रिक्त रहेको धनुषा इन्चार्जमा शीला यादवलाई जिम्मेवारी दिएको बैठकपछि उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर