१७ दिनपछि गण्डकी प्रदेश सभा बैठक आज बस्दै – Nepal Press

१७ दिनपछि गण्डकी प्रदेश सभा बैठक आज बस्दै

पोखरा । गण्डकी प्रदेश सभाको बैठक १७ दिनपछि बिहीबार (आज) बस्दै छ । प्रदेश सभा सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजे बैठक बस्ने कार्यतालिका छ ।

आज बस्ने प्रदेश सभामा अघिल्लो सरकारले ल्याएको दुई अध्यादेश टेबल भएको अध्यादेश स्वीकृतका लागि पेस हुने तालिका रहेको सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए ।

‘सुरुमा शून्य समय र विशेष समय रहनेछ,’ सुवेदीले भने, ‘त्यसपछि टेबल भएका अध्यादेश स्वीकृतका लागि प्रदेश सभामा तालिका छ ।’
गण्डकी प्रदेश सभाको पहिलो बैठकमा पूर्व प्रदेश सभा मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिले गठन नहुँदा प्रदेश सभामा कार्यसूची तय सभामुख र सचिवालयलाई असहज भएको छ । यसअघि पछिल्लो पटक प्रदेश सभाको बैठक माघ २ गते बसेको थियो । उक्त दिन प्रदेश उपसभामुख चयन गरिएको थियो । त्यसपछि माघ ९ गतेका लागि बैठक बस्ने भनिएको थियो । तर, मन्त्रिपरिषद विस्तार नहुँदा र सरकारले ‘बिजनेश’ नदिँदा प्रदेश सभा बैठक आजका लागि सारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर