पुराना फरारहरु समातिन्छन् मात्र होइन नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छ: गृहमन्त्री लामिछाने – Nepal Press

पुराना फरारहरु समातिन्छन् मात्र होइन नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले अपराधिक गतिविधिमा संलग्न अपराधीलाई पक्राउ नगरेको भन्दै आलोचना भएपछि उनलेअपराधिक मुद्धामा फरार रहेका पुराना अपराधीलाईमात्र नभई नयाँ अपराधीहरु फरार हुन नपाउन भन्ने कुराको हेक्का रहेको बताए ।

उनले मिडियाको हेडलाइन बदल्न नसकेपनि जनाताको लाइफलाईन बदल्न मेहनत गर्दै गरेको बताए ।

उनले लेखेका छन्,‘पुराना‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ।। थोरै पर्खिनु चाहिँ पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर