नारायणगढ-बुटवल सडक अनुगमनपछि मन्त्री श्रेष्ठले भने- अब कुनैपनि बहानामा आलटाल स्वीकार्य हुन्न – Nepal Press

नारायणगढ-बुटवल सडक अनुगमनपछि मन्त्री श्रेष्ठले भने- अब कुनैपनि बहानामा आलटाल स्वीकार्य हुन्न

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्ड छ लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गरेका छन् ।

चाइनिज व्यवसायिक कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले ठेक्का पाएको ११४ किलोमिटर लामो यो सडक, सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । हाल एक वर्ष समय थप भएपनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नुपरेको यथार्थबीच उपप्रधानमन्त्री आफैंले निर्माण प्रगतिबारे स्थलगत चासो लिएका हुन् ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा र आयोजना प्रमुखहरूलाई साथमै लिएर निरीक्षणमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको कार्यालय, गैंडाकोट पुगी निर्माण कम्पनीका प्रतिनिधिसँग योजना सुस्तताको कारणबारे प्रश्न गरेका थिए । कम्पनीका प्रतिनिधिले खानेपानी, विद्युत, ढल, कोभिड, क्रसर व्यवसायीका समस्या जस्ता औपचारिक कारण देखाएपनि अब कामले द्रुततर र गुणस्तरीय गति लिनेगरी अगाडि बढ्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

‘समस्या के हो प्रष्ट भन्नुस्, अब कुनैपनि बहानामा आलटाल स्वीकार्य हुँदैन’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘आर्थिक, सामाजिक गुणात्मक बिकास र समृद्धिका लागि हामी परम्परागत होइन, गतिशील ढङ्गले काम गर्न खोजिरहेका छौं । यसका लागि तपाईंहरूको सकारात्मक सहयोग हुनुपर्छ ।’ कम्पनीका प्रतिनिधिले समयसीमामै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

One thought on “नारायणगढ-बुटवल सडक अनुगमनपछि मन्त्री श्रेष्ठले भने- अब कुनैपनि बहानामा आलटाल स्वीकार्य हुन्न

  1. कारवाही नै गरिदिए हुन्छ । आयोजनम ओगटने, काम नगर्ने, म्याद र लागत बढाउने खाईरहने । यो नेपालको रोग नै भैसक्यो । यसमा ठेकेदारभन्दा बढी आयोजना प्रमुख, ईन्जिनियर, सचिव, मन्त्री बढी दोषी छन् । कारवाशी सबैलाई होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर