सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त – Nepal Press

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।

नेकपा एमालेका संसदीय दलको नेता रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

५३ जना सांसद रहेको सुदुरपश्चिमा सरकार गठनको लागि २७ सांसद आवश्यक पर्छ । उनले २९ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्री रावलको भोलि पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ ।

यहाँ माओवादी र एमालेबीच आलोपालो भागबण्डा लिने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर