प्रदेशप्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर लान्छु : मुख्यमन्त्री कार्की – Nepal Press

प्रदेशप्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर लान्छु : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर जाने बताएका छन् । मुख्यमन्त्रीमा सफथ ग्रहण पछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनतालाई प्रदेश संरचना हाम्रो संरचना हो भनेर स्थापित गराउने बताएका हुन् ।

‘हाम्रो संरचना हाम्रो लागि चाहिन्छ भन्ने स्थापित गराएर जाने प्रयास हुन्छ’, उनले भने, ‘हामीले ल्याउने न्युनतम साझा कार्यक्रममा यी बिषयलाई समेटेर जानेछौँ ।’ जनताको छुन सकिने, भेट्न र देख्न सक्ने सरकारको रुपमा स्थापित हुने उनले प्रतिबद्धता जनाए ।

प्रदेश १ को नामाकरणको बिषयमा सबैको सहमतीको आधारमा नामाकरणको विषय टुङ्ग्याएर जाने उनको भनाई छ । नेकपा माओवादी सरकारमा सहभागी नभएको बारेमा पत्रकारले सोधेको प्रश्नमा उनले तत्काल केही समस्या भएर नआएको भएपनि माओवादी सहितको सरकार बन्ने उनले दाबी गरे ।

उनले माओवादीसँग ५ बर्ष संयुक्त सरकार बनाएर प्रदेशमा सुशासनको पक्षमा काम गर्ने सहमती भएकोले चाँडै्र सरकारमा आउने उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर