देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता महतले भने- हामी फेरि फर्किनेछौं, ५ वर्षपछि कि अघि हेर्दै जानुहोला – Nepal Press

देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता महतले भने- हामी फेरि फर्किनेछौं, ५ वर्षपछि कि अघि हेर्दै जानुहोला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नसोचेको परिणाम आए पनि आफूहरु विचलित नहुने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘हामीले विश्वासमा गठबन्धन अगाडि बढ्छ भनेका थियौं । कहिलेकाहीं हामीले आँकलन गरेको जस्तो हुँदैन । अहिलेको परिस्थितिबाट हामी विचलित हुने कुरा छैन । हामी फेरि बलियो भएर नै कमब्याक गर्छौं ।’

प्रचण्ड नेतृत्वको सरकारको विश्वासको मत पाउनमै आशंका गरेको कांग्रेसले आफ्नो कमब्याक ५ वर्षपछि कि अघि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता महतले भने, ‘हेर्दै जानुहोला ।’


प्रतिक्रिया

2 thoughts on “देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता महतले भने- हामी फेरि फर्किनेछौं, ५ वर्षपछि कि अघि हेर्दै जानुहोला

  1. नेपालको प्रजातान्त्रिक र गणतान्त्रिक व्यवस्थामा नेपाली कांग्रेसले के नै त्यस्तो उल्लेखनीय काम गरेको छ र चित्तबुझ्दो मात्र सत्ताको ताबेदारी न हो ?

  2. काँग्रेस सत्ता नभइ बाँच्नै सक्दैन । उसले केही गर्ने पनि होईन । बरू बिगार्छ मात्र । त्यसैले नेपालबाट काँग्रेस विलय भयो भने मात्र देशले उन्मुक्ति पाउँछ । जनताले सुख पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर