कांग्रेसको आरोप- असरवादीहरू सत्ताका लागि मिले, विचार र दृष्टिकोण मिलेको छैन – Nepal Press

कांग्रेसको आरोप- असरवादीहरू सत्ताका लागि मिले, विचार र दृष्टिकोण मिलेको छैन

काठमाडौं । नेपाली कांग्रेसले अहिले बनेको सत्ता गठबन्धन असरवादीहरुको भएको आरोप लगाएकाे छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता प्रकाशशरण महतले पदीय चाहनाबाट उन्मुख भएको बताए ।

उनले विचार र दृष्टिकोणमा कुनै एकता नभएको बताए । कुन दलले महत्वपूर्ण जिम्मेवादरी पाउने भन्ने विषयमा अहिलेसम्म रुमल्लिरहेको टिप्पणी गरे । पदकै कारणले सत्ता गठबन्धनको आयु छोटिनसक्ने आंकलन गरे ।


प्रतिक्रिया

2 thoughts on “कांग्रेसको आरोप- असरवादीहरू सत्ताका लागि मिले, विचार र दृष्टिकोण मिलेको छैन

  1. तिक्तता तपाईंहरूको गठबन्धन टाउकाको मुल्य तोक्न र टाउको काट्ने हरू एकैटाउमा थियो होइन र आमा दिदीबहिनी भन्दैनन् ब्यक्तिगत सम्पत्ति मान्दैनन् घर नहुने लाई घर र जग्गा नहुनेलाई जग्गा दिन्छन् , माले मसाले मण्डले एकै हुन भन्ने नेपाली कांग्रेस कसकससंग सहकार्य गरेको थियो थाहा होला नि कि सम्झाउनु पर्छ politics is darty फोहोरी खेल होइन game होइन है।

  2. जबसम्म यी समानुपातिक महत प्रवक्ता रहन्छन् तबसम्म पत्रकार सम्मेलनको कुनै अर्थ रहन्न भन्ने कुरा स्वयं पत्रकारहरुले बुझ्न जरुरी छ। वहाँमा कुनै तार्किक कुरा बोल्ने र बुझ्ने क्षमता छ त? यस्ताको समाचार पस्किएर कुन खालको सूचना पाठकले प्राप्त गर्ने हो र? खरो र विश्लेषणात्मक टिप्पणी आउनु आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर