इटहरीमा प्रधानमन्त्री कप महिला क्रिकेट हुँदै – Nepal Press

इटहरीमा प्रधानमन्त्री कप महिला क्रिकेट हुँदै

विराटनगर । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पुस २९ गते बाट शुरु हुने प्रतियोगितामा ८ टिम को सहभागिता हुने छ । २० ओभरमा खेलाइने प्रतियोगिता लिग कप नक आउट फर्म्याटमा खेलाइने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सी पी पौडेलले बताए ।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा जम्मा १८ खेल हुनेछन् । प्रतियोगितामा ७ प्रदेशका महिला टीम सहभागी हुने छन् यस्तै एपिएफ क्लब, काठमाण्डौंको पनि सहभागिता रहने छ ।

प्रतियोगितामा ८ टिमलाई दुई भागमा विभाजन गरी लिग खेल खेलाइनेछ । २ समुहहरुको विजेता र उप विजेताहरुलाई अर्को समूहसँग
सेमिफाइनल खेलाइने पौडेलले बताए।

प्रतियोगितामा विजेता टिम ,उप विजेता टिम,म्यान अफ द सिरिज सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलरलाई पुरस्कार र ट्रफी दिइने आयोजकले जानकारी दिएको छ ।

यस प्रतियोगिताले महिला क्रिकेटको विकास र विस्तारका साथै क्रिकेट खेलको माध्यमबाट प्रदेश नं. १ तथा सुनसरी जिल्लाको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहले बताए । प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार पाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर