नेपाल टी–२० : आरिफ र आसिफको उत्कृष्ट साझेदारीमा लुम्बिनीलाई पोखराले हरायो – Nepal Press

नेपाल टी–२० : आरिफ र आसिफको उत्कृष्ट साझेदारीमा लुम्बिनीलाई पोखराले हरायो

काठमाडौं । आरिफ र आसिफ शेखको उत्कृष्ट साझेदारीमा लुम्बिनी अलस्टार्सलाई ९ विकेटले पराजित गर्दै पोखराले जारी नेपाल टी–२० लिगमा दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय २८ रनको लुम्बिनीले १८.२ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो ।

पोखराको जितमा शेख दाजु–भाइले ९५ रनको साझेदारी गरे । आसिफ शेखले ६२ बदमा ९ चौकासहित सर्वाधिक ७७ रनको अविजित इनिङ खेले । आरिफ शेख २६ रनमा अविजित रहे ।

ओपन सुमित महर्जन १३ रनमा आउट भएका थिए । लुम्बिनीका किसोर महतोले एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ थालेको लुम्बिनीका लागि ओपनर अमिर हम्जाले सर्वाधिक ३८ रन बनाए । उनले २१ बलमा समान तीन चौका र छक्का प्रहार गरे । सुनिल धमला १५ रनमा आउट हुँदा ह्यारि टेकटर र कप्तान दीपेन्द्रसिंह ऐरी समान १० रन बनाएर पभेलियन फर्किएका थिए ।

योगेन्द्रसिंह कार्कीले १३ रन र साड्ली भान स्केल्कवेक १६ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराको बलिङमा विपिन खत्री र जाहिर खानले समान तीन/तीन विकेट लिए । विपिनले ४ ओभरमा २३ रन खर्चिए भने हम्जाले १८ रन खर्चिएका थिए । त्योबाहेक अरिफ शेख, तुल थापा सिद्धान्त लोहनीले समान एक विकेट लिए ।

लगातार पाँच खेल जित्दै तालिकामा १० अंक जोडेर शीर्ष स्थानमा रहेको लुम्बिनी हारका बाबजुद पनि शीर्ष स्थानमै रहेको छ । सात खेल खेल्दै दुई खेल जितेको पोखराले ४ अंक जोडेको छ । यसअघि पोखराले शुक्रवार फार वेस्र्टन यूनाइटेडलाई तीन विकेटले हराउँदै पहिलो जित निकालेको थियो ।

आज हुने अर्को खेलमा विराटनगर सुपर किङ्स र जनकपुर रोयल्स खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *