पाकिस्तानका बाबर आईसीसीको वर्ष क्रिकेटर र वर्ष एकदिवसीय क्रिकेटरको मनोनयनमा – Nepal Press

पाकिस्तानका बाबर आईसीसीको वर्ष क्रिकेटर र वर्ष एकदिवसीय क्रिकेटरको मनोनयनमा

लाहोर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले हरेक वर्ष प्रदान गर्ने विभिन्न अवार्डका लागि शुक्रबार मनोनयन सार्वजनिक गरेको छ ।

वर्ष क्रिकेटरको मनोनयनमा पाकिस्तानका बाबर आजम, जिम्बावेका सिकन्दर रजा, न्युजिल्यान्डका टिम साउथी र इङ्ल्यान्डका बेन स्टोक्स परेका छन् । आजम र रजा एकदिवसीय क्रिकेटरको पनि मनोनयनमा छन् । उक्त अवार्डका लागि अस्ट्रेलियाका एडम जाम्पा र वेस्ट इन्डिजका साई होप पनि सूचीमा छन् ।

आईसिसी टेस्ट क्रिकेटर अवार्डका लागि इङ्ल्यान्डका जोनी बेयर्स्ट, अस्ट्रेलियाका उसमान ख्वजा, दक्षिण अफ्रिकाका कागिसो राबडा र इङ्ल्यान्डका बेन स्टोक्स मनोनयनमा छन् ।

टी-२० क्रिकेटर अवार्डका लागि इङ्ल्यान्डका साम कुरान, जिम्बावेका सिकन्दर रजा, पाकिस्तानका मोहम्मद रिजवान र अस्ट्रेलियाका ताहिरा मेग्राथ सूचीमा छन् । भोटिङमार्फत जनवरीको अन्तिम साता विजेताको घोषणा हुने आईसिसीले जनाएको छ। आईसिसीले विभिन्न १३ शीर्षकमा अवार्डहरु वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर