प्रदेश १ कांग्रेस संसदीय दलको मतदान जारी – Nepal Press

प्रदेश १ कांग्रेस संसदीय दलको मतदान जारी

विराटनगर । कांग्रेस प्रदेश १ संसदीय दलको नेता चयनका लागि मतदान सुरू भएको छ ।

पार्टीको प्रदेश कार्यालयमा मतदान सुरू भएको हो । दलको नेताका लागि यहाँ तीनजनाबीच प्रतिस्पर्धा छ । प्रदेश सभापतिसमेत रहेका उद्वव थापा, अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् ।

बिहान ९ बजेबाट नेता छान्न मतदान सुरू भएको निर्वाचन समितिका समोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए । मतदान सकिनासाथ गणना थालेर केहीबेरमा परिणाम सार्वजनिक हुने रायमाझीले बताए ।

यो पनि पढ्नुस् : गठबन्धन भत्किएसँगै प्रदेश १ कांग्रेस सांसदमा फेरियो समीकरण, सिटौलानिकट थापालाई ज्ञानेन्द्र कार्कीको साथ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर