कैलालीमा कोरोनाको त्रास, सीमामा कडाइ गर्ने प्रशासनको तयारी – Nepal Press

कैलालीमा कोरोनाको त्रास, सीमामा कडाइ गर्ने प्रशासनको तयारी

कैलाली । चीन र भारतमा फैलिरहेको कोरोना सङ्क्रमणको त्रास कैलालीमा पनि बढेको छ। भारतबाट नेपाल आउनेबाट कोरोना भित्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सीमामा कडाइ गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना सङ्क्रमण भित्रिन सक्ने खतरा औंल्याएको हो ।

भारतबाट कोरोना भित्रिन सक्ने भन्दै सीमा नाकामा कडाइ गर्ने, कोरोनाबाट बच्न सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गराउन स्थानीय तहलाई जानकारी गराउने, सीमामा रहेका हेल्थ डेस्कमा थप जनशक्ति, पूर्वाधारलगायत व्यवस्थापन गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

त्यस्तै चिसो बढेसँगै यसबाट जोगिन र सम्भावित दुर्घटना हुन नदिनसमेत रहन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर