नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन विराटनगरमा हुने – Nepal Press

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन विराटनगरमा हुने

विराटनगर । नेकपा एमालेको जन वर्गीय संगठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ ।

फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने हुनेछन् ।

महासंघका अध्यक्ष परशुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरूको लागि उत्सवको रूपमा रहने बताए ।

उनले महाधिवेशनको उद्घाटन १० हजार भन्दा बढीको सहभागितामा आमसभाका रूपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजार भन्दा बढीको सहभागिता हुने जानकारी दिए ।

खेल क्षेत्रलाई महत्त्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उनले खेलकुद महासंघले खेलकुदको प्रवर्धन गर्दै खेलाडीहरूको हितका लागि नीति निर्माणमा पार्टीलाई दबाब दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर