चुनावमा अन्तर्घात गर्नेमाथि कारबाही सिफारिस गर्न कांग्रेसले थप्यो समय – Nepal Press

चुनावमा अन्तर्घात गर्नेमाथि कारबाही सिफारिस गर्न कांग्रेसले थप्यो समय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अन्तर्घात गर्नेहरूको नाम पठाउने समय थपेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले माघ १५ गतेसम्म उजुरी दिने समय थप गरेको हो ।

पार्टी सचिव प्रेम केसीले वुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनका सन्दर्भमा पार्टीका उमेदवारलाई अन्तर्घात गरी असहयोग गरेको सम्बन्धमा परेका उजुरीहरू प्रदेश एवं जिल्ला अनुशासन समितिबाट विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यदि प्रदेश एवं जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्ने भनी प्रदेश तथा जिल्ला कार्यसमितिलाई पत्राचार गरिएकोमा सो म्याद थप गर्नुपर्ने भनी सिफारिस प्राप्त हुन आएकोले उक्त समयावधि २०७९ माघ १५ गतेसम्मका लागि बढाइएको जानकारी गराइन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर