यामलाल कँडेल बने एमाले संसदीय दलको नेता, कर्णालीको मुख्यमन्त्री बन्ने निश्चित (भिडिओ) – Nepal Press

यामलाल कँडेल बने एमाले संसदीय दलको नेता, कर्णालीको मुख्यमन्त्री बन्ने निश्चित (भिडिओ)

सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेल कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएका छन् ।

संसदीय दलको बुधवारको बैठकले प्रदेश कमिटी अध्यक्ष बिनोद कुमार शाहको प्रस्तावमा कँडेल नेता चयन भएका हुन् ।

यसअघि आफ्नै पार्टीका चार सांसदले फ्लोर क्रस गरेर माओवादीलाई साथ दिएका कारण मुख्यमन्त्री बन्नबाट बन्चित भएका कँडेल यसपटक अब वाम गठबन्धन बनेसँगै मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

एमालेका सिनियर नेता भएका कारण यसपटक प्रदेशको भागबण्डामा कर्णाली एमालेले लिने निश्चित रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर